डोजर आतंक बन्द गर, नेवा विरोधी होसियार भन्दै बालेनविरुद्ध प्रदर्शन
हाम्रा कुरा
प्रकाशित २०७९ असोज १५ शनिबार
4.8k
Shares
तस्बिर – फाइल ।
काठमाडौं । काठमाडौंको बांगेमुढास्थित सामुदायिक भवनमा महानगरपालिकाले डोजर चलाएको विरोधमा स्थानीय वासिन्दाले शनिबार साँझ प्रदर्शन गरेका छन् ।
प्रदर्शनकारीहरुले काठमाडौं महानगरपालिकाका मेयर वालेन्द्र साह बालेनविरुद्ध नाराबाजी गरेका छन्, नारावाजीको क्रममा मेयर साहको पुत्ला पनि जलाएका छन् ।
‘डोजर आतंक बन्द गर’ ‘नेवा विरोधी होसियार’ जस्ता नाराबाजी गर्दै बांगेमुढा क्षेत्र परिक्रमा गरेका थिए । सो क्रममा आक्रोशित स्थानीय वासिन्दाले महानगरपालिका– २५ का वडाध्यक्षविरुद्ध पनि नाराबाजी गरेका छन् ।
महानगरपालिकाले गत शुक्रबार वडा नम्बर २५ मा रहेको एक सामुदायिक भवन डोजर लगाएर भत्काएपछि स्थानीय वासिन्दा आन्दोलनमा उत्रिएका हुन् ।
स्थानीय वासिन्दाको आन्दोलनमा समर्थन गर्न काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवार सुमन सायमीलगायत पुगेका थिए । सार्वजनिक मन्तब्य राख्ने क्रममा सायमीले सामुदायिक भवनमा डोजर लगाएर काठमाडौं महानगरपालिकाले कानुन विपरीत काम गरिरहेको आरोप लगाएका थिए ।