arrow

सिटीसँग म्यानयू निरीह, हल्याण्ड र फोडिनको ह्याट्रिक 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज १७ सोमबार
mancity-2022-10-03.jpg

काठमाडौं । एर्लिङ  हाल्यान्ड र फिल फोडिनको ह्याट्रिकप्रेरित म्यानचेस्टर सिटीले आइतबार इङ्गलिश प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडलाई ६–३ ले हराएको छ । जितसँगै सिटीले शीर्षस्थानको आर्सनलसँग दूरी घटाएको छ । 

खेलको आठौँ मिनेटमा फिल फोडिनको गोलमा सिटीले अग्रता लिएको थियो ।  ३४औं मिनेटमा हाल्यान्डको गोलमा सिटीले अग्रता दोब्बर पारे । त्यसको तीन मिनेटपछि हाल्यान्डले सिटीका लागि तेस्रो गोल गरेका थिए  । पहिलो हाफ सकिन एक मिनेट बाँकी रहँदा हाल्यान्डको पासमा फोडिनले व्यत्तिगत दोस्रो गोल गर्दै सिटीको अग्रता ४–० मा पुर्याएका थिए । 

५६औं मिनेटमा एन्टोनी सान्तोसले गरेको गोलमा युनाइटेडले गोलअन्तर ४–१ मा झारे ।  ६४औं मिनेटमा हाल्यान्डले ह्याट्रिक पूरा गर्दै सिटीको अग्रता ५–१ मा पुर्याएका थिए ।  

७३औं मिनेटमा फोडिनको ह्याट्रिक गरे । ८४औं मिनेटमा एन्थानी मार्सियालले युनाइटेडका  लागि दोस्रो गोल गरेका थिए । इन्जुरी समयको पहिलो मिनेटमा मार्सियालले पेनाल्टीमा गोल गर्दै खेल ६३ को स्थितीमा पुर्याएका थिए । 

सिटी आठ खेलमा २० अंकसहित दोस्रो स्थानमा छ । जुन शीर्ष स्थानको आर्सनल भन्दा एक अंक कम हो । युनाइटेड भने सात खेलमा १२ अंकसहित छैटौं स्थानमा छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ