- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । इङ्गलिश प्रिमियर लिग फुटबलमा लिभरपुल स्तब्ध भएको छ । शनिबार राति भएको खेलमा लिभरपुललाई लिड्स युनाइटेडले २–१ ले हराएको हो ।
लिभरपुललाई उसकै मैदान एनफिल्डमै लिड्सले हराएको हो । खेलको चौथो मिनेटमा रोड्रिगो मोरेनोले गोल गर्दै लिड्सलाई शुरुआती अग्रता दिलाएका थिए ।
१४ औं मिनेटमा मोहम्मद सलाहले गोल गर्दै लिभरपुललाई १–१ गोलको बराबरीमा फर्काए ।
खेल बराबरीतर्फ नै अगाडि बढिरहँदा ८९ औं मिनेटमा क्रिसेन्सियो समरभिल्लेले गोल गर्दै लिड्सलाई २–१ ले जिताए ।
जितसँगै १५ औं स्थानको लिड्सले १२ खेलमा १२ अंक जोडेको छ । यो सिजन निरीह देखिएको लिभरपुल १६ अंक जोडेर नवौंैं स्थानमा रहेको छ ।
शनिबारका अन्य खेलको नतिजा
लेस्टर सिटी ०–१ म्यानचेस्टर सिटी
बर्नमाउथ २–३ टोटनह्याम हट्सपर
ब्रेन्टफोर्ड १–१ वुल्भरह्याम्पटन वान्डेरर्स
ब्राइटन ४–१ चेल्सी
क्रिस्टल प्यालेस १–० साउथह्याम्पटन
न्यूकासल युनाइटेड ४–० एस्टन भिल्ला
फुल्हम ०–० एभर्टन
आइतबारका खेल
बेलुकी ७ः४५ बजे आर्सनलले घरेलु मैदानमा नटिङ्घम फरेस्टसँग घरेलु मैदानमा खेल्नेछ ।
राति १० बजे म्यानचेस्टर युनाइटेडले घरेलु मैदानमा वेष्टह्याम युनाइटेडसँग खेल्नेछ ।
अंक तालिका
१२ खेलबाट म्यानचेस्टर सिटी २९ अंकसहित शीर्ष स्थानमा कायमै छ । दोस्रो स्थानको आर्सनलको ११ खेलबाट २८ अंक छ ।
२६ अंकबाट टोटनह्याम तेस्रो, २४ अंकबाट न्यूकासल चौथो तथा २१ अंकबाट चेल्सी पाँचौं स्थानमा छ ।
म्यानचेस्टर युनाइटेड २० अंकबाट छैटौं स्थानमा छ ।