arrow

सन्तोष

logo
विष्णुप्रसाद तिमिल्सीना,
प्रकाशित २०७९ कार्तिक २४ बिहिबार
Shivapuri-Baba.jpg

काठमाडौं । पछिल्लो समय मानिसमा असन्तुष्टि बढ्दै गएको पाइन्छ । मानिसहरू आफूसँग भएको कुराहरूमा सन्तुष्ट छैन । अझै बढी प्राप्त गर्ने चाहानाले मानिसको जीवनलाई ध्वस्त बनाइरहेका छन् ।  यसै प्रसङ्गमा शिवपुरी बाबाले कसरी सन्तोष लिने भनी दिएको प्रसङ्ग उल्लेख गरिएको छ । 

 श्री शिवपुरी बाबासँग एक जनाले हामीले कसरी सन्तोष लिने भनी प्रश्न गरेका थिए ।  जवाफमा बाबाले आफूसँग जे जति छ त्यतिबाटै व्यवहारमा सन्तोष लिँदै आम्दानी अनुसार चल्नु तर परमात्मा-दर्शन नपाएसम्म उहाँको चिन्तन र ध्यानका लागि भने असन्तोषी नै बनिरहनू । सबै भगवान्को कृपा हो । भगवान्ले जे गर्दछन् ठिकै गर्दछन् भन्ने श्रद्धा र विश्वास राख्नू । उहाँकै चरणमा पर्नू। कसैसँग केही कुरा गर्नुपर्छ भने पहिले उसलाई परमेश्वरको प्रतिनिधिको रूपमा आदर गर्नु भनी जवाफ दिनुभएको थियो ।

अर्का एक जनाले  हामी सांसारिक वस्तुहरूबाट कहिल्यै अघाउन सक्तैनौं त  भनी बाबासँग प्रश्न गरेका थिए ।  उत्तरमा बाबाले सांसारिक वस्तुहरूबाट कहिल्यै अघाउन सकिन्न । त्यसैले आफैँले नै विवेक पुऱ्याएर केमा कम दोष छ हेर्नु र त्यही ग्रहण गर्नु । आवश्यक कुरा मात्र सङ्ग्रह गर्नु। कुनै वैद्य हरियो तरकारी किन्न गयो भने उसले हर्रोलाई मात्र अवगुण नभएको तरकारी देख्छ र त्यही मात्र किन्न खोज्छ। ऊ अरूमा केही न केही दोष देखिहाल्छ । तर हर्रो नपाए केही पनि नखाने त ? नखाए जीवन कसरी चल्छ ? त्यसैले यस्तो स्थितिमा कुनमा कम दोष छ जानेर बुझेर त्यसैलाई अँगाल्नू भनी जवाफ दिनुभएको थियो।

जो निर्गुण स्वरूपमा स्थित छन्, जसले विधि निषेधका मर्यादालाई पार गरिसकेका छन्, त्यस्ता महापुरुषहरू पनि भगवान्‌को अनन्त कल्याणमय गुणगानको वर्णन गर्नमा नै रमाइरहन्छन् । 

(तिमिल्सीना शिवपुरी बाबाको स्वधर्म पुस्तकका सङ्कलक हुन् ।)

इमेल :aamodita@gmail.com  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ