काठमाडौं । पत्रकार राजन कुँईकेल मानव अधिकारवादी संस्था ‘एम्नेष्टी इन्टरनेशनल’को अध्यक्षमा निर्वाचित भएका छन् ।
पोखराको लेकसाइडमा भएको एम्नेष्टीको २५औं राष्ट्रिय परिषद् बैठकबाट कुँईकेल अध्यक्ष निर्वाचित भएका हुन् । ईमेज च्यानलका समाचार सम्पादक समेत रहेका कुँईकेलले हाम्रा कुरासंग मानव अधिकारका क्षेत्रमा काम गर्न आफुलाई थप जिम्मेवारी थपिएको बताए । कुँईकेल यसअघि एम्नेष्टीको उप–महासचिव थिए ।
कुँईकेलसंग चुनावी प्रतिस्पर्धा गरेका भवानी खरेल र उत्तम सापकोटा पराजित भए । खरेल एम्नेष्टीमै भएपनि यसअघि बोर्डमा थिएनन् भने, सापकोटा यसअघि महासचिव थिए । कुँईकेलले महासचिव सापकोटा र मानवअधिकारका क्षेत्रमा लामो समय काम गरेका खरेललाई पराजित गरे ।
कुँईकेलले आफ्नो पत्रकारिता यात्रा ईमेजबाटै सुरु भएको र आफु अहिले पनि ईमेजमै रहेको जानकारी दिए । इमेजमा १५ वर्ष विताइसकेका कुँईकेलले त्यसअघि सेभ द चिल्ड्रेन युएसमा काम गरेका थिए । पत्रकारिता पेशासंग संगै कुँईकेल मानवअधिकारको क्षेत्रमा सक्रिय छन् ।