arrow

कैलालीमा बिहान १० बजेपछि मतगणना

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ५ सोमबार
Kailali-hamrakura.jpg.jpeg

सुदूरपश्चिम । आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको मतगणना कैलालीमा आज बिहान १० बजेपछि शुरु गर्न लागिएको छ । 

सर्वदलीय-सर्वपक्षीय बैठक बसेपछि निर्वाचनको मतगणना शुरु हुने तयारी गरिएको सम्बन्धित क्षेत्रका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

आइतबार अबेर रातिसम्म मतदान केन्द्रका मटपेटिका मतगणनास्थलसम्ममा पुर्‍याएर निर्वाचन अधिकृतको कार्यालयलाई बुझाउने काम भएको थियो । 

निर्वाचन क्षेत्र १ को टीकापुर, क्षेत्र २ को लम्की, क्षेत्र ३ को सुख्खड, क्षेत्र ४ को अत्तरिया र क्षेत्र नं को धनगढीमा मतगणना गर्ने तयारी छ । 

प्रतिनिधिसभाका पाँच र प्रदेशसभाका दश निर्वाचन क्षेत्र रहेको कैलालीमा पाँच लाख ३५ हजार पाँच सय १४ मतदाता रहेकोमा झण्डै ६२ प्रतिशत मत खसेको जनाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ