arrow

शिक्षा-स्वास्थ्यतर्फ सबैभन्दा बढी कर तिर्नेमा डा सुनील शर्माको 'नोबेल मेडिकल कलेज'

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ७ बुधबार
nobel-mdeical-college-hospital-bhogendra.jpg

काठमाडौं । नेपालको शिक्षा र स्वास्थ्य क्षेत्रको सबैभन्दा ठूलो कर दाता विराटनगर स्थित नोबेल मेडिकल कलेज टिचिङ हस्पिटललाई सरकारले सम्मान गरेको छ ।

आज राष्ट्रिय कर दिवसका अवसरमा सरकारले डा सुनील शर्माको नोबेल मेडिकल कलेज टिचिङ हस्पिटललाई सम्मान गरेको हो । आन्तरिक राजस्व विभागमा आयोजित कार्यक्रममा अर्थ सचिव कृष्णहरि पुष्करले शर्माको अनुपस्थितिमा नोबेलका प्रमुख कार्यकारी अधिकृत (सीईओ)  डा. भोगेन्दप्रसाद उपाध्यायलाई सम्मान पत्र दिए । 

डा. उपाध्यायले नोबेल मेडिकल कलेजले आयकर मात्रै करिब १७ करोड तिरेको र कुल करिब ६५ करोड भन्दा बढी कर तिर्ने गरेको बताए ।

नोबेल मेडिकल कलेज शिक्षण अस्पतालमा दैनिक ३ हजारको हाराहारीमा बिरामी आउने गरेका छन् । अस्पतालले सबैजसो रोगहरुको उपचार अत्याधुनिक प्रविधिबाट शुरु गरिसकेको डा. उपाध्यायले बताएका छन् । यस्तै मेडिकल शिक्षा पढाइका लागि समेत उत्तिकै राम्रो वातावरण रहेको उनको भनाइ छ ।

ओपीडी सेवा निशुल्क रहेको नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलले बेला बेला गाउँ गाउँमा गएर समेत सेवा सुविधा दिने गरेको अस्पतालका सीईओ डा. उपाध्यायले बताए । यसका साथै गरिब र अपांगता भएका व्यक्तिहरुको उपचारमा सहुलियतादेखि पूर्ण छुटसमेत दिने गरेको उनले बताए ।

डा. शर्मा प्रतिनिधि सभाको मोरङ क्षेत्र नम्बर ३ का नेपाली कांग्रेसतर्फका उम्मेदवार हुन् । उनले मोरङका हजारौं न्यून आय भएका बिरामीलाई उपचार नपाएर मर्न नपरोस् भन्दै निःशुल्क उपचार गर्दै आइरहेका छन् । 

डा. शर्माले स्थानीयको स्वास्थ्यलाई ख्याल गर्दै थप योजनासमेत ल्याएका छन् । उनले सामाजिक उत्तरदायित्व अन्तर्गत थुप्रै विद्यार्थीलाई निःशुल्क चिकित्सासमेत पढाइरहेका छन् । 

 कर सप्ताह सहितको राष्ट्रिय कर दिवस सम्पन्न

राष्ट्रिय कर दिवसको अवसरमा सरकारले हरेक क्षेत्रका प्रमुख कर दाता व्यक्ति एवं कम्पनीहरुलाई समेत सम्मान गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ