कैलालीमा एमालेका भट्टलाई कांग्रेसका बलायरले ३४ सय मतले हराए
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ८ बिहिबार
873
Shares
कैलाली । कैलाली-४ मा नेपाली कांग्रेसका वीरबहादुर बलायर प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका छन् ।
गत आइतबार सम्पन्न प्रतिनिधिसभा एवं प्रदेशसभा निर्वाचनको भर्खर सम्पन्न मतगणनामा उनले नेकपा (एमाल)का लेखराज भट्टलाई पराजित गरेका हुन् ।
नव निर्वाचित बलायरले २६ हजार एक सय ७१ मत पाउँदा भट्टले २२ हजार पाँच सय ३३ मत पाएका हुन् । उनीहरुको मतान्तर तीन हजार चार सय ३८ छ ।
विसं २०७० मा डोटीबाट निर्वाचित भएका बलायरले भौतिक पूर्वाधार मन्त्रीको जिम्मेवारी सम्हालेका थिए । अघिल्लो निर्वाचनमा उनी तत्कालीन एमालेका प्रेमबहादुर आलेसँग पराजित भएका थिए ।