arrow

विनोद चौधरीको जित सुनिश्चित, गन्न बाँकी भन्दा मतान्तर बढी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ८ बिहिबार
election-nawalparasi-1-hridesh-tripathi-congess.jpg

नवलपरासी । नवलपरासी पश्चिम १ मा नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरीले जित सुनिश्चित गरेका छन् । मतगणना अन्तिम चरणमा पुगिरहँदा गन्न बाँकी भन्दा निकतटम प्रतिस्पर्धीसँगको मतान्तर बढी भएका कारण चौधरीको जित सुनिश्चित भएको हो । 

८४ हजार ३६१ मत खसेकामा अहिलेसम्म ८० हजार ३३० मत गणना भइसकेको छ । अब मात्र ४ हजार ३१ मत गन्न बाँकी छ । उनको मतान्तर ६ हजार ६५५ मतको भइसकेको छ । 

चौधरीले २८ हजार ५१ मत ल्याइसकेका छन् । उनका निकटतम प्रतिस्पर्धी जनता प्रगतिशील पार्टीका हृदयेश त्रिपाठीले २१ हजार ३९६ मतमात्र पाएका छन् । 

तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी (घण्टी चुनाव चिन्ह) का महेन्द्र सेन ठकुरी रहेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ