चालीस मत गायब र चौवालीस मतमा अधिकृतको हस्ताक्षर नभएको भन्दै रोकियो इलाम–२ को मतगणना
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर १० शनिबार
1.2k
Shares
मङ्गलबारे । इलाम–२ मा मतगणना रोकिएको छ । इलाम नगरपालिकाका–१ को मतगणना गर्ने क्रममा ४० मत हराएको र ४४ मतमा मतदान अधिकृतको हस्ताक्षर नभएको भन्दै गठबन्धन दलले नाराबाजीसहित विरोध गरेपछि गणना रोकिएको छ ।
यस निर्वाचन क्षेत्रमा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ र गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काबीच कडा प्रतिस्पर्धा देखिएको छ । सो अवडाको मत गन्न बाँकी रहँदा नेम्वाङ एक सय ३० मतले अघि छन् । उनी त्यसअघिको वडामा १६ मतले पछि परेका थिए ।