अवैध बस्ती हटाउन गएका १८ प्रहरी घाइते, तीन जना आईसीयूमा, कानून बमोजिम कारबाही गर्न उजुरी
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर १२ सोमबार
1.9k
Shares
काठमाडौं । सोमबार दिउँसो थापाथलीस्थित सुकुम्बासी बस्तीका अवैध संरचना हटाउने क्रममा स्थानीयको आक्रमणमा परी घाइते भएका काठमाडौं महानगरका तीन जना प्रहरीको आईसीयूमा राखेर उपचार भइरहेको छ ।
स्थानीयले ढुंगामुडा प्रहार गर्दा महानगर प्रहरी प्रमुख राजु पाण्डेसहित १८ जना घाइते भएका महानगरपालिकाले जनाएको छ ।
सोमबार साँझ एक विज्ञप्तिमार्फत महानगरले उक्त आक्रमणमा संलग्नहरूलाई कानून बमोजिम कारबाही गर्न प्रहरीमा उजुरीसमेत गरेको जनाएको छ ।
उक्त आक्रमणमा संलग्न व्यक्तिहरूको नामसमेत खुलाई महानगरीय प्रहरी वृत्त टेकुमा जाहेरी दिएको महानगरको विज्ञप्तिमा उल्लेख छ ।