बुटवलबाट प्रदेश राजधानी नसार्न माग गर्दै काँग्रेसले बुझायो ज्ञापन पत्र
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर १८ आइतबार
940
Shares
बुटवल। नेपाली काँग्रेस रुपन्देहीले प्रदेशको स्थायी संरचना नबन्दै राजधानी दाङमा सार्न लागेको भन्दै मुख्यमन्त्री कार्यालय बुटवलमा ज्ञापन पत्र बुझाएको छ।
काम चलाऊ सरकारले कर्मचारी आवास, प्रदेशसभाका सांसद बस्ने पूर्वाधार नभएको स्थानमा जबरजस्ती मन्त्रालय लैजाँदा प्रतिकूल असर पर्ने भन्दै राजधानी हतारमा नसार्न माग गरेको हो।
काँग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँणको नेतृत्वमा गएको टोलीले मुख्यमन्त्री कार्यालयका कार्यवाहक सचिवलाई ज्ञापन पत्र बुझाउँदै राजधानी सार्न हतार नगर्न भनिएको हो।
पूर्वाधार बिना राजधानी सार्ने भन्दा पनि भौतिक पूर्वाधार निर्माणमा ध्यान दिन र नवनिर्वाचित प्रदेशसभाबाट बन्ने सरकारलाई कार्यभार सुम्पिन काँग्रेसको आग्रह छ।