- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । इङ्गलिश प्रिमियर लिग फुटबलमा आर्सनलले अग्रतालाई कायमै राखेको छ । शनिबार राति न्यू इयर इभमा भएको खेलमा ब्राइटनलाई ४–२ ले पराजित गर्दै आर्सनल दोस्रो स्थानको म्यानचेस्टर सिटीभन्दा सात अंकको अघि रहेको हो ।
जितसँगै शीर्षस्थानमा रहेको आर्सनलको १६ खेलबाट ४३ अंक छ । समान खेलबाट सिटीकोे ३६ अंक रहँदा पराजित ब्राइटन २४ अंकसहित आठौं स्थानमा रह्यो ।
भ्रमणकारी टोली आर्सनलको जितमा मार्टिन ओडेगार्डले दुई गोल गरे । यसैगरी बुकायो साका र इडवार्ड एन केटियाले एक एक गोल गरेका थिए ।
ब्राइटनका लागि काउरु मिटोमा र इभान फर्गुसनले समान एक गोल गरे ।
राति नै भएको खेलमा सिटी एभर्टनसँग १–१ गोलको बराबरीमा रोकियो । त्यस्तै म्यानचेस्टर युनाइटेडले उल्भ्सलाई १–० ले पराजित गर्यो ।
यसैगरी फुलहमले साउथह्याम्पटनलाई २–१ ले तथा क्रिस्टियल प्यालेसले बर्थमाउथलाई २–० ले हरायो । लिभरपुलले लेस्टर सिटीलाई २–१ ले हराउँदा न्यूकासल र लिड्स युनाइटेडले गोलरहित बराबरी खेले ।
ब्रेन्टफर्डले वेष्टह्याम युनाइटेडलाई २–० ले हराएको छ ।
आजका खेल
आज दुई खेल हुनेछन् । पहिलो खेलमा बेलुकी ७ः४५ बजे टोटनह्याम हट्सपरले घरेलु मैदानमा एस्टल भिल्लासँग खेल्नेछ । राति १०ः१५ बजे नटिंघम फरेस्टले चेल्सीसँग खेल्नेछ ।
अंक तालिका
१६ खेलबाट ४३ अंकसहित आर्सनल पहिलो, १६ खेलबाट ३६ अंकसहित म्यानसिटी दोस्रो, १७ खेलबाट ३४ अंकसहित न्यूकासल युनाइटेड तेस्रो, १६ खेलबाट ३२ अंकसहित म्यानचेस्टर युनाइटेड चौथो स्थानमा छ ।
१६ खेलबाट ३० अंकको टोटनह्याम हट्सपर पाँचौं तथा १६ खेलबाट २८ अंकको लिभरपुल छैटौं स्थानमा रहेको छ ।
वेष्टह्याम, नटिंघम र साउथह्याम्टन रेलिगेशन क्षेत्रमा छन् ।