- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । इङ्गलिश प्रिमियर लिग फुटबलको म्यानचेस्टर डर्बी भिडन्तमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ । म्यानयुले म्यानचेस्टर सिटीलाई हराएको छ । शनिबार राति भएको खेलमा म्यानयुले सिटीलाई २–१ गोल अन्तरले हराएको हो ।
ओल्ड ट्राफोर्डमा भएको खेलमा शुरुआती गोलको अग्रता उल्टाएर म्यानयु विजयी भएको हो । खेलको ६० औं मिनेटमा ज्याक ग्रेलिसले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए ।
खेलको ७८ औं मिनेटमा ब्रुनो फर्नान्डेज र खेलको ८२ औं मिनेटमा मार्कुस रास्फोर्डले गोल गर्दै म्यानयुलाई जिताए ।
यता, लिभरपुलको अधोगति कायमै छ । लिभरपुलले गएराति भएको खेलमा ब्राइटनसँग ३–० को हार बेहोर्यो । त्यस्तै एस्टनले लिड्सलाई २–१ ले, साउथह्याम्पटनले एभर्टनलाई २–१ ले हरायो ।
त्यस्तै नटिंघमले लेस्टर सिटीलाई २–० ले, वुल्भरह्याम्पटनले वेष्टह्यामलाई १–० ले तथा ब्रेन्टफर्डले बर्नमाउथलाई २–० ले हरायो ।
आजका खेल
आज राति तीन खेल हुँदैछन् । पहिलो खेलमा बेलुकी ७ः४५ बजे चेल्सीले क्रिस्टल प्यालेससँग खेल्दैछ ।
सोही समयमा न्यूकासलले फुल्हमसँग खेल्दैछ । त्यस्तै राति १०ः१५ बजे टोटनह्याम र आर्सनल खेल्दैछन् ।
अंक तालिका
आर्सनल १७ खेलबाट ४४ अंकसहित शीर्ष स्थानमा छ । १८ खेलबाट ३९ अंकसहित म्यानसिटी दोस्रो तथा ३८ अंकबाट म्यानयु तेस्रो स्थानमा छ ।
३५ अंकबाट न्यूकासल युनाइटेड चौथो तथा ३३ अंकबाट टोटनह्याम पाँचौं स्थानमा छ ।
लिभरपुल २८ अंकबाट नवौं तथा चेल्सी २५ अंकबाट दशौं स्थानमा छ ।