arrow

नेपालकी सोविताको भिडियो राष्ट्र संघले दिने अवार्डको टप–२० मा, जिताउन भिडियो हेर्नै पर्ने (भिडियोसहित)

नेपालका युवाहरु आफै केही गर्न चाहन्छन्

logo
प्रकाशित २०७३ असोज ४ मंगलबार
sobita-gautem-dolakha.jpeg
काठमाडौं । संयुक्त राष्ट्रसंघको ७१औं महासभा अमेरिकाको न्यूयोर्कमा आयोजना हुँदै गर्दा विश्व वातावरणमा परिरहेको असरको मुद्दामा मूल रुपमा छलफल गर्ने तयारी सदस्य राष्ट्रहरुले गरेका छन् । जहाँ नेपालका तर्फबाट परराष्ट्रमन्त्री प्रकाशशरण महत सहभागि हुँदै छन् । 
 
संयुक्त राष्ट्रसंघले जलवायु परिवर्तनको असर न्यूनिकरणका लागि विश्वव्यापी लक्ष्य लिएको छ । जसअन्तर्गत विश्व वातावरणमा जलवायु परिवर्तनले पारिरहेको असरलाई मध्यनजर गर्दै संयुक्त राष्ट्र संघको ‘फ्रेमवर्क कन्भेन्सन अन क्लाईमेट चेन्ज’ (युएनएफसीसीसी)ले विश्वव्यापी गतिविधीलाई नजिकबाट नियालिरहेको छ । 
 
जसले विश्वमा कुन् व्यक्ति र समुदायले जलवायु परिवर्तन न्यूनिकरणका लागि  व्यवहारतः काम गरिरहेको छ । र, सचेतना जगाइरहेको छ,–त्यसको नजिकबाट चियो गरिरहेको छ । सोही चियोमा परेकी छन्–नेपालकी एक खोजकर्ता सोविता गौतम । सोविता दोलखाको जुफे–३ जामुनेमा जन्मिइन् । उनी २१ वर्षकी भइन् । उनीह अहिले बीए एलएलबी पहिलो वर्षमा अध्ययनरत छिन् । उनी एक आम नागरिक हुन् ।
 
अब उनको परिचय यत्तिमा सीमित रहेन । उनी अब विश्वकै नजरमा एक सामाजिक उत्पे्ररक हुन् । लवायु परिवर्तन र त्यसको जोखिम न्यूनिकरणका लागि उनले आफ्नै गाउँ जामुनेमै रहेर गरेको प्रयासलाई अहिले इन्टरनेटको माध्यमबाट विश्वले हेरिरहेको छ । 
उनले आफ्नै गाउँलाई वातावरणमैत्री बनाउन गरेको प्रयत्न विश्व जगतमा एक प्रतियोगि बनेको छ । जो स्वयं सोविताका लागि मात्र नभई सिंगो नेपाल र नेपालीका लागि गर्वको विषय हो । तर, यत्तिले मात्रै हुँदैन । उनको सो भिडियो उत्कृष्ठ २० भित्र त पर्‍याे । सर्वोत्कृष्ठ बन्न सक्नु आम नेपालीका लागि गौरवको विषय मात्र होइन ।
 
नेपालको शिर एक कदम माथि उठ्ने छ । सोविताको सो भिडियोलाई अवार्ड प्रदान गर्ने जिम्मेवारी तपाई हाम्रै काँधमा छ । जसरी पहिलो अवार्ड पोखराकी सरस्वती उपाध्यायले जितेकी थिइन् । दोस्रो अवार्ड किन नजित्ने ? सोच्चे पालो तपाई होम्रो । सोविताले हाम्राकुरासंग भनेकी छन्, ‘अवार्ड जित्ने निधो हुन अब समय कम छ । मात्र तीन दिन बाँकी छ । भिडियो हेरिएको आधारमा छनोट हुनेछ । युटुबमा जसको भिडियो सर्वाधिक हेरिएको छ । उसैले अवार्ड जित्ने छ ।’ मेरो भिडियो चार हजारले मात्रै हेरेका छन्, उनले अगाडि थपिन्, ‘फिलिपिन्सका एक युवाको भिडियोले सबैलाई लिड गरिरहेको छ । उनको भिडियोको भिओरसिप ११ हजार माथि नाघिसकेको छ । मसंग १९ प्रतिस्प्रर्धी छन् ।’ प्रतियोगितामा विश्वभरका प्रतियोगिले सहभागिता जनाएका छन् ।
 
युएनएफसीसीसीले आह्वान गरेको अवार्डको मनोनयमा सोबिताले आफ्नो भिडियो मार्फत जलवायु परिवर्तन र जोखिम रोक्न सकिने उपायहरु तथा एक गाउँले राष्ट्रिय एवं विश्वव्यापी लक्ष्यमा गर्न सक्ने सहयोबारे चर्चा गरिएको छ । उनले आफ्नो गाउँमै गरेका क्रियाकलापलाई बृत्तचित्र शैलीले भिडियोमा उतारेकी छन् । 
 
युएनएफसीसीसीले जलवायु परिवर्तनको जोखिम न्यूनिकरण गर्न नागरिकले के गरिरहेका छन् र कसरी सचेतना फैलाईरहेका छन् भन्दै दुई विधामा अवार्ड दिने घोषणा गरेको छ । जसको एउटा विधामा सोविताको भिडियो प्रतियोगि छ । दुई विधामा सर्वोत्कृष्ठ हुनेले अवार्ड पाउने छन् भने, नोभेम्बर ७ देखि १८ सम्म मोरक्कोमा हुने वातावरण सम्बन्धि संयुक्त राष्ट्र संघीय सम्मेलनमा सहभागि हुन पाउने छन् । जसको सम्पूर्ण व्यवस्था आयोजकले गर्ने छ । सोविताको भिडियो हेरेर अवार्ड जिताउने श्रेय तपाई सबैलाई जानेछ भने, अवार्ड सोविताले नभई नेपालले जितेको ठहरिने छ । विश्वले नेपाली समाजको चर्चा भएको एक पटक फेरि नियाल्ने छ । संयुक्त राष्ट्र संघीय सम्मेलनमा नेपालको झण्डा फहरिनेछ । नेपाललाई चिनाउने यो अर्को अबसर हुनेछ ।  
 
संयुक्त राष्ट्रसंघको प्रतियोगितामा सोविता कसरी प्रतियोगि भइन् ? 
जामुनेमा हिमालयन स्पिरिट कल्याणकारी समाज नामक संस्था चलाइरहेको र सोही संस्थामा स्वयंसेवी भइ काम गरिरहँदा आफुले केही विवरणहरु तयार पारेको सोविताले कुराकानीका क्रममा बताइन् । उनी काठमाडौंमा पढे पनि बरोबर गाउँ पुगिरहन्छिन् । यद्यपि, उनलाई आफुले गरेको प्रयत्नलाई विश्व समुदायसंग जोड्ने अबर सहजै प्राप्त भएको होइन ।
 
उनले अस्पतालको शय्याबाट त्यो अवसर आफै जुराइन् । खुट्टा भाँचिएर अस्पतालको बेडमा सुतिरहेकै समयमा इन्टेरनेटमा खेल्दै जाँदा युएनएफसीसीसीको वेबसाइटमा जलवायु परिवर्तन सम्बन्धि अवार्नेसको अवार्ड आह्वान भएको फर्म भेटिन् । तर, उनलाई अस्पतालले डिस्चार्ज गरिसकेको थिएन । उनीसंग भिडियो समेत थिएन । दुई साता अस्पताल बसेपछि त्यहाँबाट बाहिरिएकै भोलीपल्ट उनी भिडियोको खोनिमा हिँडिन् । आफ्नै गाउँ जामुने गएर उनले पहिले गरेका कामको विवरण र तत्कालिन गतिविधिको भिडियो खिचिन् । 
 
दुई दिन लगाएर भिडियो खिचेर मात्रै पुगेन । त्यसलाई युएनएफसीसीसीको आव्हान र कथा अनुसार मिलाउन पनि उनले संघर्ष गर्नु पर्यो । पछि चिनेको साथीलाई आफ्नो योजना सुनाइन् । तर, ती साथीले आफु व्यस्त भएको भन्दै भाइसंग काम गरीमाग्न भने । उनलाई भिडियो सम्पादन गर्न तीन दिन लाग्यो । भिडियो पठाउनु पर्ने समय पनि निकै कम थियो ।
 
भिडियो सम्पादन गर्ने सञ्जय महर्जनलाई उनले सम्झिइन् । सञ्जयलाईले निकै मेहनतले बनाउनु भयो । त्यो उहाँको दोस्रो सम्पादन थियो । उनले युएनएफसीसीसीको वेबसाइटमा भिडियो पठाइन् । भिडियो आयोजकले नै युटुबमा राखिदियो । जसमा विश्व जगतमा रहेका मानिसले व्यक्तिगत जीवनमा के गरे भन्ने विषयलाई आधार मानेर प्रतियोगिता राखिएको छ । 
 
भिडियोको प्रमोशनको लागि कहाँ कहाँ पुगिन ?
उनले भनिन्, ‘तपाईहरु कहाँ आइपुग्दा सम्म म कहाँ कहाँ धाइन न र ? नाम चलेका व्यक्ति, संस्था, अनलाइन पत्रिका आदी इत्यादी । सबैले ए हुन्छ हुन्छ भने । तर, भिडियो हेर्नेको संख्यामा कुनै सुधार आएन । सवैले सामान्य रुपमा लिए ।’ कतिपय सेलिब्रेटीहरुले त यस वापत मलाई के आउँछ सम्म पनि–भने । फेसबुकमा कयौं साथी बने ।
 
कतिपयले चिनजान मात्रै गरे । केहीले स्वार्थ खोजे । नेपाली समाज यस्तो हुनै सक्दैन । नेपालमा केही गर्न खोज्नेहरु छन् । नेपाली युवाहरु इन्टरनेट र सामाजिक संजालमा त्यतिकै समय खेर फालिरहेका छैनन्– केही गर्न चाहन्छन्–मैले त्यसरी बुझिरहेको छुँ । तर, व्यवहारतः भिन्न पाँए । सबै युवा फुर्सदमा छन् । कामविहिन् छन् । 
 
वर्तमान परिवेशप्रति दुःख मनाउ गर्दै उनले भनिन्, ‘म दोलखाको विकट गाउँकी एक युवती हुँ । मैले मेरा लागि भन्दा पनि मेरा गाउँका लागि केही गर्न खोजेकी हुँ । गाउँलाई वातावरणमैत्री बनाउने हाम्रो सोच थियो । हामी काम गर्दै पनि आएका थियौं । गर्दै जाँदा मेरो प्रयास उत्कृष्ठ २० भित्र पर्न सफल भयो । जहाँ विश्वभरका प्रतिस्पर्धी थिए ।
 
जिम्मेवार व्यक्तिलाई लक्षित गरी हुन लागेको त्यो अवार्डमा व्यक्तिगत भिडियो परे पनि मेरो गाउँ र देशकै नाम जोडिने हो ।’  उनले थपिन्, ‘ धेरैले मेरो कामलाई सामान्य रुपमा लिए । यहाँ केही गर्न पैंसा, पावर र सून्दरता चाहिने रहेछ भन्ने मेरो यस दौरान अनुभव रहयो ।’ सोविताले हाँस्दै भनिन्–म खासै राम्री पनि छुँइन त्यही भएर पनि होला । 
 
‘ट्रेकिङ् गाइड’को एक दुईटा तस्वीर प्रयोग गरे 
सोविताले भिडियोमा ट्रेकिङ गाइडको एक दुई वटा तस्वीर सहयोग मागिन् । ती ट्रेकिङ गाइड थिए उनकै बुबा कृष्ण प्रसाद गौतम । उनका बुबा कृष्णप्रसादको ट्रेकिङ सौख हो भने, समाज सेवा दैनिकी । बढी जसो उनका बुबा शैक्षिक गुठीमार्फत चलेको हिमालय स्पिरिट एकेडेमीमा समय गुजार्छन् । उनले भनिन्, ‘सो गुठीमा काम गर्ने बुबा जस्तै अन्य १०–११ जना हुनुहुन्छ । आर्थिक लेनदेनमा एक दमै कडाई छ ।’ सबैले मुनाफाको सेवा गरिरहेका छन् । उनले थपिन्, ‘मेरो भिडियोमा बुबाले ट्रेकिङ जाँदा खिचेको एक दुईटा फोटो युज गरेको छुँ । अरु आफै खिचेको हो ।
 
टप –२० मा परेको भिडियो 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ