arrow

नेताजी ठोरीलाई चितवनमा फर्काइदेउ

logo
सुदिप थापा,
प्रकाशित २०७३ असोज ६ बिहिबार
sudip-thapa-thori.jpeg
देशले संघिय लोकतान्त्रिक गणतन्त्रामक संबिधान पाएको एक बर्ष पुरा भएको छ। संबिधानको महत्वपुर्ण विशेषता संघियता छ। त्यसमा पनि प्रदेशको सीमांकनको कारण बिभिन्न ठाउँमा यो बिषयले संविधानको संशोधनको मोडमा नेतृत्व तहलाई पुर्याएको छ। यस्तै प्रदेश सीमाकंनमा हालको पर्साको ठोरी पनि छ। संविधान जारी हुनु अघीदेखि नै आफ्नो माग राख्दै आए पनि ठोरीको कुरा सुनुवाई भएको छैन। नागरिकको आवाज एकातिर स्थानिय जिल्लाको राजनीतिक नेतृत्व एकातिर भएको अवस्थामा पर्सा जिल्लाको ठोरी पटक -पटक चर्चामा आईरहेको छ। 
 
चितवन सदरमुकाम भरतपुरबाट ६८ र पर्साको सदरमुकाम बिरंगजबाट ७० किलोमिटरमा दुरीमा रहेको ठोरी गाबिस पर्साको अन्तिम गाबिस हो जुन चितवनको माडी नगरपालिकासँग जोडिएको छ। १९८५ बाट ठोरीमा बस्ती शुरु भयो भने। २०२१ सालबाट पहाडी जिल्लाका बिभिन्न ठॉउबाट ठोरीमा आएर बसोबास गरेका थिए। हाल ८ हजार जनसंख्या रहेको ठोरी गाबिस र १२ हजार जनसंख्या रहेको निर्मलबस्ती गाबिस २०३४ साल अघि चितवनकै ठोरी गाबिसको रुपमा थियो। सदरमुकाम भरतपुरबाट त्यस समय ठोरी पुग्न हिडेर जानुपर्न बाध्यता, चितवन राष्ट्रिय निकुन्जमा जिवजन्तुको डर, राप्ति-रेवा जस्ता नदिको अबरोध सहित बिभिन्न कठिनताले गरेर केहि हदसम्म सहजताका लागि २०३५ सालमा पर्सामा समायोजन गराइयो। पर्सा जिल्लामा समायोजन भएपछि केहि सहजताको अनुभुति ठोरीले गरेपनि बिकासले ठोरीलाई सधै पछाडि पारिरह्यो। यो समय सम्म पनि पर्साको एउटा अन्धाकारपूर्ण गाबिसमो रुपमा ठोरीको परिचय छ। जहाँ हालसम्म बिधुत बल्न सकेको छैन। बर्षमा एक समय उर्लने खहरेले ठोरीको ४०% भन्दा बढि खेतियोग्य जमिन बगरमा परिणत हुँदा पनि जिल्लाले देखेको नदेख्यै गरिरहन्छ। यसका अलावा शिक्षा, स्वास्थ, खानेपानी, कृषीको समस्या त पटक-पटक संचारमाध्यमको शिर्षक बनिनै रहन्छ। 
 
ठोरीका जनता बर्षौदेखि पुरानै चितवनमा फर्कन चाहन्थे। नयाँ संबिधान र जोडिएको संघियताको बिषयसँगै ठोरीको नयॉ राज्य पुनं संरचनाले जनताको भावना बुझ्ने आस पलाएको थियो ठोरीका जनताको। फलस्वरुप पहिलो संबिधान सभाको निर्वाचन पछि ठोरीका जनता चितवनसंग समायोजन हुन पाउनु पर्ने बिषयलाई लिएर बिभिन्न दलका नेतृत्व, सभामुख सहितलाई भेटेर ज्ञापन पत्र बुझाएका थिए। तर बिडम्बना पहिलो संबिधानसभा बिघटन भयो। यता दोस्रो संबिधानसभाको कसरतमा पनि ठोरीका जनताले अभियान र आन्दोलन गरिरहे। नयाँ संबिधानमा आफुहरुको माग अर्थात चितवनमा समायोजन गराउन निरन्तर लागिरहे। जुन माग दोस्रो संबिधानसभा जारी पुर्व बनेको शिर्ष नेतृत्व सहभागी बिशेष समितीले संबोधन पनि गरेको थियो। जसमा बिशेष समिती संयोजक पुर्ब प्रधानमन्तर्त्री बाबुराम भट्टराईले नै पत्रकार सम्मेलन गरी जानकारी गराएका थिए। जुन निर्णय हुने बित्तिकै ठोरी भर खुशीयाली छायो, दिप प्रज्वलन भयो। तर त्यो खुशी २४ घण्टा टिक्न सकेन। 
 
मस्यौदा समितीमा संबिधानको अन्तिम मस्यौदा पुग्दा ठोरीलाई फेरी गायब बनाईयो। ठोरीको जनताको बर्षौ पछिको खुशीमा प्रमुख नेतृत्वहरुले झुक्काएको ठोरीका जनताले ठानेका छन्। जस पछि ठोरीका जनताले प्रकाश खनालको नेतृत्वमा सर्वदलीय-सर्वपक्षीय संघर्ष समिती तयार गरेर पटक पटक चितवनमा समायोजन हुन अभियान र आन्दोलन निरन्तर गरिराखेका छन्। तर ठोरीका शत प्रतिशत जनताको बिरुद्धत पर्सा ५ का सासंद छन्। सासंदले जनताको आवाज र भावना लत्याएपछि जनता खुम्चिनुपर्ने स्वभाबिक हो। जसरी ठोरीका जनता खुम्चिएर अन्यौलमा बसिरहेका छन्। ठोरीका जनता भन्छन् हाम्रो भाषा, सस्कृती, रितीरिवाज, पहिचान सहित समग्र समानता र सदरमुकाम सहजता चितवनको भरतपुर हो। हामीलाई नयाँ संबिधानको सिमाकंनले २ नं प्रदेशमा नराखोस् हामी प्रदेश न ३ मा समायोजन हुन चाहन्छौ। हरेक दिन ठोरीका हरेक जनताको आवाज यहि रहेको हुन्छ। हामीलाई पुरानो घर फर्कन दिनुस् भन्दै हरेक कार्यक्रममा राजनैतिक दलका गाउ प्रमुख र जनता चिच्च्याइरहको सुनिरहन्छु। एउटा पत्रिका पढ्न दोस्रो दिन कुर्नु पर्ने, टिभी हेर्न लाईन पुगेको छैन, मोबाईलका टावर घामलाग्दा मात्र आउने र अलिअलि सुनिने रेडियो सुचनाबाट कति बन्चित होलान आफै सोच्नुहोस्। देशमा संबिधान संशोधन हुने सुचना पाएपछि ठोरीका जनताले अब आफुहरुको माग चितवन सहितको प्रदेश नं ३ मा समायोजन हुने माग पुरा आशमा जुर्मुराउदै दिन कटाईरहेका छन्। भन्छन् पहिचान र सामार्थ्यमा टेकेर संबिधान बनेको हो भने शत प्रतिशत जनताको माग सुनिनु पर्छ। हामीलाई अबको संशोधनले धोका नदेओस्। 
 
( लेखक थापा ठोरी-चितवन पुन समायोजन समितीका सह-सयोजक हुन।)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ