arrow

नेपाल तरुण दललाई गतिशील बनाउनु आजको आवश्यकता

logo
सुदीप शर्मा,
प्रकाशित २०७९ माघ २९ आइतबार
received_3104315416513364.jpeg

लोकतान्त्रिक राज्य व्यवस्था एवं मूल्य पद्धतिको स्थापनाका लागि २००३ सालदेखि प्रारम्भ भएको नेपाली कांग्रेसको आन्दोलनको मूल वैचारिक आधार ग्रहण गर्दै २००७ सालको जनक्रान्तिद्वारा स्थापित लोकतान्त्रिक अधिकारको प्रयोगद्वारा वर्षौँदेखि जरो गडेर बसेको सामन्ती परिपाटी र संस्कारका विरुद्ध मुलुकलाई आर्थिक, सामाजिक क्रान्तिको बाटोबाट लोकतान्त्रिक एवं समतामूलक संस्कृति युक्त राज्य व्यवस्थातर्फ लैजान जननायक बी.पी. कोइरालाको मूल प्रेरणामा २०१० कार्तिक १० गते नेपाल तरुण दलको गठन भएको हो ।

नेपाल तरुण दलको स्थापना गर्दा विशेष तीन नाराहरू थिए । समाजवाद जिन्दाबाद, नेपाल तरुण दल जिन्दावाद र विश्व समाजवाद जिन्दावाद । विद्यार्थी र तरुणकै माध्यमबाट समाजवादी बिचारलाई जनतामा स्थापित गराउने योजना बुनेका वीपी कोइरालाले तरुण दललाई मुलुक परिवर्तनको मेरुदण्ड मानेका थिए । आन्दोलनको मैदानबाट जन्मिएको र नेपाली जनताको मुक्तिको लागि निरन्तर सङ्घर्ष गरिरहेको नेपाली कांग्रेसको पहिलो सङ्गठन तरुण दल हो ।

तरुण दल सक्षम प्रतिभाशाली युवाको लागि मञ्च नभएको आरोप छ । तरुण दलतर्फ राजनैतिक व्यक्तिको वितृष्णा पनि बढ्दो क्रममा रहेको देखिन्छ । तर कांग्रेसलाई जनताको पार्टी बनाउन, प्रजातान्त्रिक समाजवादप्रति आस्था जोगाउन अनवरत लागिरहेको तरुण दलको आज वैधानिक अस्तित्व मात्र छ ।

समानता र विकासको पक्षमा इमानदारिता पूर्वक बहस गर्दा या सोच्दा विचारको स्पष्टता र व्यवहारको औचित्य बाहिर आउँछ । नेपाली कांग्रेस नेपालको प्रमुख राजनैतिक संस्था र यसको लक्ष्य पनि समाजवाद नै घोषणा गरेकोले नेपाली कांग्रेसले दिएको नारालाई जनता माझ पुर्‍याएर सफल र लोकप्रिय बनाउन र नेपाली कांग्रेसले निर्दिष्ट गरेको राष्ट्रियता, लोकतन्त्र र समाजवादको लक्ष्य अनुसार २०३६, २०४६ र २०६२-६३ सालको जनआन्दोलनले स्थापित गरेको गणतन्त्र र संविधानको मूल्य, पद्धतिको अभ्यास र अनुपालनका साथ शहिदहरुलाई स्मरण र सम्मान गर्दै नेपाली समाजलाई गरिबी, पछौटेपन एवं सामन्ती संस्कार र प्रवृत्तिबाट मुक्त गराउन नेपाल तरुण दलले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको थियो ।

तरुण दलको स्थापनाको बेला ४/६ जना जम्मा भएर एउटा संस्था गठन गर्ने फेशन चलेको थियो । तर संस्था जन्माउनु ठूलो कुरो होइन संस्थामा काम कति गरिन्छ, त्यो महत्त्वपूर्ण कुरा हो भन्ने राम्रो सँग तरुण दलले बुझेको थियो । देखावटी फेसनमा केन्द्रित थिएन । प्रजातान्त्रिक समाजवादको सिर्जनामा अग्रसर रहेर प्रजातान्त्रिक हकको कदर गरी आर्थिक विषमता हटाउन लागि रह्यो । बौद्धिक सांस्कृतिक तथा शैक्षिक रचनात्मक कार्यहरूद्वारा देशका युवा तथा विद्यार्थीहरूलाई प्रजातान्त्रिक समाजवादी जगतको निर्माणको निम्ति कार्यशील बनाउने कुरालाई नेपाल तरुण दलले शिरोपर गरिराखेको छ । विश्व समाजवादको कामना गर्दै अनवरत लागिरहेको छ नेपाल तरुण दल ।

पात खस्यो भन्दैमा रुख ढल्छ नै भन्नु भ्रम हो । पात झर्नुको अर्थ नयाँ पात पलाउनु पनि हुन्छ । छेपारोले जस्तै रङ फेर्न नजानेको कांग्रेसले राज्यलाई राजनैतिक खेल मैदान बनाएर टालटुल गरेर सरकार बनाउन भन्दा गर्छु भनेर दलका वितृष्णाका मतले संसद भवन छिरेका सांसदहरू सहितलाई सरकार चलाउन बाटो खाली गर्दियो ।

नेपाल तरुण दलको स्थापना गर्दा विशेष तीन नाराहरू थिए । समाजवाद जिन्दावाद, नेपाल तरुण दल जिन्दावाद र विश्व समाजवाद जिन्दावाद । विद्यार्थी र तरुणकै माध्यमबाट समाजवादी बिचारलाई जनतामा स्थापित गराउने योजना बुनेका बिपी कोइरालाले तरुण दललाई मुलुक परिवर्तनको मेरुदण्ड मानेका थिए । आन्दोलनको मैदानबाट जन्मिएको र नेपाली जनताको मुक्तिको लागि निरन्तर सङ्घर्ष गरिरहेको नेपाली कांग्रेसको पहिलो सङ्गठन तरुण दल हो ।

तरुण दल सक्षम प्रतिभाशाली युवाको लागि मञ्च नभएको आरोप छ । तरुण दलतर्फ राजनैतिक व्यक्तिको वितृष्णा पनि बढ्दो क्रममा रहेको देखिन्छ । तर कांग्रेसलाई जनताको पार्टी बनाउन, प्रजातान्त्रिक समाजवादप्रति आस्था जोगाउन अनवरत लागिरहेको तरुण दलको आज वैधानिक अस्तित्व मात्र छ ।

कांग्रेसले प्रतिस्पर्धा गर्ने चुनावलाई आफ्नो पक्षमा जनमत तयार गर्न तरुण दलले काम गर्ने हो । तरुण दल धेरै गतिशील छैन, अब गतिशील बनाउँदै लैजानु आजको आवश्यकता हो |



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ