arrow

एक महिनापछि विस्तारित लुम्बिनीका सात मन्त्रीको शपथ हुँदै 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ २९ आइतबार
lumbini-province-9.jpg

दाङ । लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरुको पद तथा गोपनियतको शपथ आज हुने भएको छ । प्रदेश प्रमुख सचिवालका अनुसार दिउँसो १ बजेका पद तथा गोपनियताको शपथ ग्रहणको कार्यक्रम आयोजना गरिएको छ ।

मुख्यमन्त्री लीला गिरीले सात जनालाई मन्त्रिमण्डलमा समावेश गरेर शनिबार सरकारलाई पूर्णता दिएका थिए । जसअनुसार  जोखबहादुर महरा आर्थिक मामिला मन्त्री,  चेतनारायण आचार्य खानेपानी, इन्द्रजित थारू भैतिक पूर्वाधार विकास, विष्णुप्रसाद पन्थीलाई स्वास्थ्य, कृष्णा केसी आन्तरिक मामिला, कानून तथा सहकारी मन्त्रालयको जिम्मेवारी तोकिएको थियो ।

यसैगरी, दुर्गाप्रसाद चौधरी वन तथा वातावरण, जानकीप्रसाद यादव उद्योग, पर्यटन तथा यातायात व्यवस्था, तुलसीराम शर्मा कृषि तथा भूमि व्यवस्था र चन्द्रकेश गुप्तालाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ । 

जसमा सात जना नयाँ हुन् । उनीहरुको आज शपथ हुनेछ । यसअघि गत पुस २७ गते मुख्यमन्त्री गिरीले दुई मन्त्रीको शपथ खुवाएका थिए । तर मन्त्रालय नतोक्दा विवाद भएको थियो । 

सोही कारण हिजो दिउँसो मात्रै माओवादी केन्द्रको कोटाबाट मन्त्री बनेकी कृष्णाले राजीनामा दिएकी थिइन् । अहिले भने उनले कानून मन्त्रालयको जिम्मा पाएकी छिन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ