arrow

बुटवलको नाइट क्लबमा बाउन्सरबाट कुटिए ग्राहक

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन ३ बुधबार
Lord-Butwal-Club-Crime-5.jpg

रुपन्देही । बुटवलको कालिकानगरमा रहेको रात्रिकालीन “लर्ड बुटवल क्लब”मा गएका ग्राहकमाथि बाउन्सरले मरणासन्न हुने गरी कुटपिट गरेका छन् । बुटवल उपमहानगरपालिका वडा–११ होराइजन चोक नजिकै रहेको क्लबमा गत माघ २८ गते राति कलाकारहरुको प्रस्तुति हेर्न पुगेका गुल्मीका दुईजना ग्राहकलाई अर्काे दिन २९ गते बिहान ३ बजेको समयमा क्लबका बाउन्सरले कुटपिट गर्दा गम्भीर घाइते भएको घटनाको रहस्य बाहिरिएको हो ।

कुटपिटबाट गुल्मीको मुसिकोट नगरपालिका वडा न–४ बडागाउँका २७ वर्षीय विनोद गुरुङलाई गम्भीर चोट लागेको र सोही नगरपालिका वडा न–७ का हिमाल भट्टराईलाई पनि चोट रहेको इलाका प्रहरी कार्यालय बुटवलमा फागुन २ गते दिएको जाहेरीमा उल्लेख छ ।

गम्भीर चोट लागेका गुरुङ्गको हाल भैरहवास्थित मेडिकल कलेजमा उपचार भइरहेको बताइएको छ । आज उनको नाकको डाँडीको अप्रेशन हुन थालेको जनाइएको छ । 

जाहेरीमा क्लबमा कार्यरत बाउन्सरहरु बुटवल उपमहानगरपालिका वडा न–११ का ३५ वर्षीय सुविन श्रेष्ठ, देवदह नगरपालिका वडा न–१० का ३१ वर्षीय सागर पुन, ठेगाना थाहा नभएको वर्ष २७ का विपिन पुन मगर लगायत अन्य अपरिचित युवाहरुले फलामको रड, खुकुरी तथा अन्य धारिला हतियार प्रयोग गरी घाइते बनाएको पीडितद्धारा दर्ता जाहेरीमा उल्लेख गरिएको छ ।

गुरुङको टाउको नाक तथा शरीरमा विभिन्न ठाउँमा चोट लागेपछि लुम्बिनी प्रादेशिक अस्पतालले घटना भएको दिन भैरहवास्थित मेडिकल कलेजमा रिफर गरेको थियो ।

घाइते गुरुङ्गद्धारा दिइएको जाहेरी लेखिएको छ,: क्लबमा काठमाडौंबाट राम्रा कलाकारहरु आएका छन् भन्ने कुराको थाहा पाई सो क्लबमा नाच हेर्न भनी गएका थियौं । हामी सो क्लबमा गएपश्चात् सोही क्लबमा नाच हेरी बिहान पख अर्थात् २९ गते बिहान ३ बजेको समयमा हामीले क्लबमा खाएको र प्रवेश गर्दा लाग्ने सम्पूर्ण बिल बमोजिम रकम भुक्तानी गरी घर जाने क्रममा विपक्षी खण्डमा नाम उल्लेख भएका सोही क्लबका बाउन्सर सुविन श्रेष्ठ, सागर पुन, विपिन पुन मगर लगायत ८/ ९ जनाले मेरो साथी हिमाल भट्टराईको शरीरको विभिन्न भाग र मेरो टाउकोमा धारिलो हतियार प्रयोग गरी कुटपिट गरेक हुन् ।' जाहेरीमा खुलाइएको छ । 

कुटपिटका क्रममा सुनको सिक्री, ब्रासलेट र मोबाइलसमेत लुटेर लगेको आरोप लगाएका छन् । उनले आफूहरु जाहेरीमा बिना कारण हतियार प्रयोग गरी “ज्यान मार्ने उद्देश्य” भए पनि तर क्लबमा रहेका अन्य दर्शकहरुले रोकेकाले आफूहरु बाँचेको बताएका छन् । यता इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख (डीएसपी) दानबहादुर थापाले घाइतेहरु प्रहरीमा निवेदन लिएर आएको र घाउ चेकजाँच गर्नको लागि पठाएको भन्दै घटनाको थप अनुसन्धान भइरहेको जनाए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ