arrow

राष्ट्रपतिको चुनाव नजिकिँदा चिनियाँ टोली नेपाल आउँदै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन ५ शुक्रबार
nepal-china-flag.jpeg
तस्बिर – फाइल ।

काठमाडौं । मुलुकका ठूला राजनीतिक दलहरु राष्ट्रपतिको निर्वाचनका लागि आफ्नो तयारीमा जुटिरहेका छन् । मुलुकको तेस्रो राष्ट्रपति को, कस्तो र कुन दलबाट हुने भन्ने रस्साकस्सीकै रसमा रहेका बेला नेपालमा विदेशी कुटनीतिक नियोगका अधिकारीहरुको बाक्लै भ्रमण हुन थालेको छ । 

अमेरिकी र युरोपियन युनियनका उच्च अधिकारीहरुको भ्रमण लगत्तै भारतीय विदेश सचिवसतिहको टोली नेपाल आएको थियो । भारतीय विदेश सचिव विनयमोहन क्वात्राको औपचारिक भ्रमण सकिएको एक सातामै नेपालमा चिनियाँ उच्च अधिकारीहरुको भ्रमण हुने भएको छ । 

परराष्ट्र मन्त्रालयको उच्च स्रोतका अनुसार चिनियाँ सहायक मन्त्री सिन वाओनको नेतृत्वमा चिनियाँ नेताहरूको एक टोली नेपाल भ्रमणमा आउने भएको हो । उनीहरू फागुन ९ गते काठमाडौं ओर्लिने मन्त्रालय स्रोतले जनाएको छ । 

चिनियाँ टोली दुई दिन काठमाडौंमा रहने जनाइएको छ । चिनियाँ नेताहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित राजनीतिक दलका नेताहरूलाई भेट्ने कार्यक्रम तय भैरहेको स्रोतले जनाएको छ ।

 ‘उहाँहरुले कस–कसलाई भेट्ने भन्ने बारेमा आजभोलि तय हुनेछ, चिनिया अधिकारीहरुको भ्रमणको चाहिँ हामी तयारी गर्दैछौँ’, मन्त्रालयका एक कर्मचारीले भने । 

सत्ता गठबन्धनभित्र राष्ट्रपतिमा साझा व्यक्तिलाई अघि सार्ने र त्यो राष्ट्रिय सहमति सहितको आधारमा हुने बहस भैरहेका बेला चिनियाँहरुको भ्रमणलाई कुटनीतिकवृत्त र मन्त्रालयमा निकै चाँसोको साथ हेरिएको छ । 

भारतीय र अमेरिकी उच्च अधिकारीहरूले नेपाल भ्रमण गरे लगत्तै चिनियाँ नेताहरू काठमाडौं आउन लागेकाले छिमेकका अन्य राष्ट्रले पनि त्यसलाई शंकाको दृष्टिले हेरिरहेका छन् । 

खासगरी मुलुकको सत्ता गठबन्धन भित्रकै माओवादीले राष्ट्रपतिमा साझा व्यक्तिलाई अघि सार्ने र त्यसमा पनि दलभन्दा बाहिर जानुपर्ने धारणा राखेपछि भारत लगायतका अन्य मुलुकले माओवादीको सो धारणालाई सकारात्मक रुपमा लिएका थिए । 

त्यसमा नेपाल कांग्रेस लगायतका सत्ताबाहिर रहेका दलहरुले पनि साझा व्यक्तिलाई अघि सार्ने पक्षमा आफ्नो क्षेत्रमा कुराकानी गरिरहेका छन् ।

चिनियाँ पक्ष भने एमालेबाटै राष्ट्रपति बनाउनका लागि दबाब दिन आउन लागेको बुझिएको छ । यसअघि चिनियाँ पक्षले नेपालमा कम्युनिष्ट सरकार बनाउन दबाब दिँदै आएको छ । 

पुस १० गते प्रचण्डले आफ्नो नेतृत्वमा एमालेलाई सरकारमा गएको पनि चिनियाँ दबाबकै कारण भएको माओवादी स्रोत बताउँछ । चीनले एमाले र माओवादीको एकता गराइदिएदेखि जहिले पनि चिनियाँ हस्तक्षेप हुँदै आएको छ । 

प्रचण्ड राष्ट्रिय सहमतिमा राष्ट्रपति बनाउने भनेदेखि नै चीनले गम्भीर रुपले हेर्दै आएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ