arrow

राष्ट्रपति रनिङ्ग शिल्डमा २९ पदक जित्दै कालिका मानवज्ञान पहिलो

logo
नारायण वली,
प्रकाशित २०७९ फागुन ६ शनिबार
kabaddi-butwal.jpg

रुपन्देही । बुटवलमा सञ्चालित चौथो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा २९ पदक जित्दै बुटवलको कालिका मानवज्ञान माध्यमिक विद्यालय प्रथम भएको छ । कालिका मानवज्ञानले १७ स्वर्ण, ७ रजत र ५ कास्य गरी २९ पदक जितेको हो । 

यस्तै, नवीन औद्योगिक कदर बहादुर रीता माध्यमिक विद्यालय २६ पदक जित्दै दोस्रो हुन पुगेको छ । नवीनले ८ स्वर्ण, १२ रजत र ६ कास्य जित्न पुगेको छ । न्यु होराइजन माध्यमिक विद्यालयले ६ स्वर्ण, ५ रजत र ३ कास्य गरी १४ पदक जित्दै तृतीय स्थानमा चित्त बुझाएको छ ।

कान्ति माध्यमिक विद्यालयले २ स्वर्ण, १ रजत, ८ कास्य सहित ११ पदक, एभरेष्ट बोर्डिङ्गले २ स्वर्ण, १ कास्य पदक जितेको छ ।
दीप बोर्डिङ्गले १ स्वर्ण, ५ रजत, ५ कास्यसहित ११, इडन बोर्डिङ्गले १ स्वर्ण, २ कास्य, सिद्धार्थ गौतम बुद्धले १ स्वर्ण, नहरपुर माविले १ स्वर्ण, ४ रजत, ३ कास्य पदक जितेको छ ।

त्रिभुवन युनाइटेडले १ स्वर्ण, अक्सफोर्ड माविले १ स्वर्ण, २ रजत र ७ कास्य, एलबी नमूनाले १ रजत, उजिरसिंह माविले १ रजत, २ कास्य, सिद्धेश्वर लालकुमारी माविले १ रजत पदक जितेको छ । यस्तै लुम्बिनी बोर्डिङ्गले १ कास्य, ज्ञानोदयले १ कास्य, ग्लोरी बोर्डिङ्गले २ कास्य, नवरत्न माविले ५ कास्य, गार्गी एकेडेमीले २ स्वर्ण, १ रजत, ५ कास्यपदक जितेको छ ।

अन्नपूर्ण माविले १ स्वर्ण, १ रजत, १ कास्यपदक जितेको छ । मणिमुकन्द माविले २ रजत, १ कास्य, भवानी मावि १ रजत, मोतीपूर मावि २ कास्य, ज्ञानपुञ्ज माविले १ कास्य पदक जितेको हो ।

विजेता र उपविजेताहरुलाई शिल्ड, प्रमाणपत्र र नगद हस्तान्तरण गरिएको छ ।

प्रतियोगितामा सामुदायिकतर्फका १६ र संस्थागत तर्फका २२ गरी ३८ विद्यालयका विद्यार्थीहरुको सहभागी भएको प्रतियोगिता संयोजक हरिप्रसाद श्रेष्ठले जनाएका छन् ।

प्रतिगोगिता अन्तर्गत फिल्ड हाइजम्प, लङजम्प, त्रिपल जम्प, ज्याभलिङ थ्रो, सटपुट, रिले दौड, भलिबल, कबड्डी, तेक्वान्दो लगायतका खेलमा ४ सय ९४ टीमका १ हजार ९१ विद्यार्थीहरु सहभागी हुने बताईएको छ। प्रतियोगितामा प्रथम, द्वितिय र तृतीय हुने विद्यालयहरुलाई क्रमशः १५, १० र ५ हजार रुपैयाँ र नगद प्रदान गरिएको प्रतियोगिताका सचिव प्रेमबहादुर बस्नेतले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ