arrow

लुम्बिनीमा मन्त्रिपरिषद् हेरफेर, जसपाका अहिर बने मन्त्री

logo
नारायण वली,
प्रकाशित २०७९ फागुन ७ आइतबार
lumbini-pradesh-mukhya-mantri-karyalaya.jpg

रुपन्देही । लुम्बिनी प्रदेश सरकारले जनता समाजवादी पार्टीका नेतालाई सहभागी गराएर मन्त्रिपरिषद् विस्तार गरिएको छ। मुख्यमन्त्री लिला गिरीले मन्त्रिपरिषद् हेरफेर कार्य गरेका हुन् ।

मुख्यमन्त्री गिरीले एमालेका कृषि तथा भूमि व्यवस्था मन्त्री तुलसीराम शर्मालाई मुख्यमन्त्री कार्यालयमा राखेर जसपा संसदीय दलका नेता भण्डारीलाल अहिरलाई कृषि तथा भूमि व्यवस्थामन्त्री बनाएका छन् । आइतबार साँझ प्रदेश प्रमुखको कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

मुख्यमन्त्री गिरीले माओवादी केन्द्रबाट यसअघि मन्त्री बनेकी कृष्णा केसीले पदबहाली गर्न हालसम्म नमानेपछि उनको पदबहाली नभएसम्मको रिक्ततालाई सम्हाल्नका आन्तरिक मामिला, कानून तथा सहकारीमन्त्रीको जिम्मेवारी खानेपानी, ग्रामीण तथा सहकारीमन्त्री चेतनारायण आचार्यलाई दिएका छन् ।

गत पुस २८ गते बिना विभागीय मन्त्रीको शपथ लिएकी नेता केसीलाई माघ २८ मा आन्तरिक मामिला, कानून तथा सहकारी मन्त्रालयको जिम्मेवारी तोकिएको थियो ।

केसीले मुख्यमन्त्री गिरीसँगै शपथ लिएकी थिइन् । सांसद् केसी उक्त मन्त्रालयको जिम्मेवारी अस्वीकार गरिसकेकी छिन् भने मन्त्रिपरिषद्को बैठकमासमेत सहभागी नभएको जनाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ