arrow

लुम्बिनी सरकारमा जसपाको इन्ट्रि, अहिरले लिए शपथ 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन ८ सोमबार
tahir-oath-lumbini.jpg

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् तेस्रो पटक विस्तार गरिएको छ । मुख्यमन्त्री लीला गिरीको सिफारिसमा जनता समाजवादी पार्टीका तर्फबाट भण्डारीलाल अहिर आइतबार मन्त्री नियुक्त भएपछि लुम्बिनी प्रदेश सरकार तेस्रो पटक विस्तार भएको हो । उनलाई कृषि तथा भूमि व्यवस्था मन्त्री नियुक्त गरिएको छ । 

उनलाई आज मुख्यमन्त्रीको उपस्थितिमा प्रदेश प्रमुख शेरचनले पद तथा गोपनीयताको शपथ गराए । एक साताअघि नेकपा एमालेका तर्फबाट कृषिमन्त्री बनेका तुल्सीराम शर्मालाई मुख्यमन्त्री कार्यालय हेर्ने गरी जिम्मेवारी तोकिएको छ । 

त्यस्तै मुख्यमन्त्री गिरीले माओवादी केन्द्रबाट आन्तरिक मामिला, कानून तथा सञ्चारमन्त्रीको जिम्मेवारी तोकेकी मन्त्री कृष्णा केसीले अहिलेसम्म पदबहाली गरेकी छैनिन् । 

उनको पदबहाली नभएसम्म आन्तरिक मामिला, कानून तथा सहकारीमन्त्रीको जिम्मेवारी खानेपानी, ग्रामीण तथा सहकारीमन्त्री चेतनारायण आचार्यलाई तोकिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ