arrow

दीप र कालिका कारबाहीमा

logo
नारायण वली,
प्रकाशित २०७९ फागुन १३ शनिबार
jilla-football-rupendehi.jpg

रुपन्देही ।  जिल्ला खेलकुद विकास समिति रुपन्देहीले बुटवलमा आयोजना गरिएको चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा दीप बोडिङ्ग स्कुल र सुमित बोडिङ्ग स्कुलबीच भएको प्रतिष्पर्धात्मक खेलमा दीप बोडिङ्ग स्कुलले नियम विपरित आफ्ना स्कुलका भन्दा अन्य स्कुलको विद्यार्थीलाई समावेश गरेको भनी सुमित बोडिङ्गले दिएको उजुरीमाथि छानबिन हुँदा दीप बोडिङ्गलाई कारबाही गरिएको छ ।

कालिका मानवज्ञान स्कुल र स्कलर्स होमबीच भएको कडा खेलमा कालिका विजयी भए पनि स्कलर्स होमले कालिका मानवज्ञानलाई ३ जना खेलाडीको उमेर हद उल्लघंन गरेको भन्दै उजुरी हालेपछि जिल्ला खेलकुद विकास समितिले छानबिन गर्दा त्रुटि फेला परेको ठहर गर्दै हाल सञ्चालन भइरहेको फुटबल प्रतियोगितामा सहभागी हुन नपाउने गरी कारबाही गरिएको जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।

स्वच्छिक रुपमा खेलाउने भनी नेपाल सरकारले प्रदान गरेको उक्त खेललाई जिल्लाका पालिकाहरुले कुनै व्यवास्ता नगरेपछि जिल्ला खेलकुद विकास समिति रुपन्देहीले आयोजना गरेको हो ।

समितिका अध्यक्ष भुपेन्द्रबहादुर थापा क्षत्री (हरिले) विवादित विषयमा हामीले छानबिन गर्दा नियमलाई मिचेर खेलाडी समावेश गरेको पाइएपछि दुवै स्कुललाई कारबाही गरिएको बताए । सिद्धेश्वरी खेल मैदान दीपनगरमा फागुन १० गतेदेखि खेल शुरु भएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ