arrow

म्यानसिटी पुग्यो एफए कपको क्वार्टरफाइनलमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १७ बुधबार
mancity-2023-0301.jpg

काठमाडौं । इङ्गलिश प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी एफए कप फुटबलको क्वार्टरफाइनलमा पुगेको छ । प्रिक्वार्टरफाइनलमा च्याम्पियनशिप क्लब ब्रिस्टल सिटीलाई ३–० ले पराजित गर्दै सिटी अन्तिम आठमा पुगेको हो । 

एस्टन गेट ब्रिस्टलमा मंगलबार राति भएको खेलमा फिल फोडेनले गोल गर्दै सिटीलाई १–० को अग्रता दिलाए ।

 ७४औं मिनेटमा फोडेनले जुलियन अल्भारेजको पासमा दोस्रो गोल गर्दै सिटीको अग्रता दोब्बर पारे भने त्यसपछि ८१औं मिनेटमा केभिन डि ब्रुएनाले गोल गर्दै सिटीलाई ३–० को सहज जित दिलाए ।

अन्य खेलमा फुल्हम, ब्ल्याकबर्न रोभर्स र ब्राइटन एन्ड हभ आल्बियन पनि क्वार्टरफाइनलमा पुगेका छन् । ब्राइटनले स्टोक सिटीलाई १–० ले हरायो । 

ब्ल्याकबर्नले लेस्टर सिटीलाई २–१ ले पराजित गर्यो भने फुल्हमले लिड्स युनाइटेडलाई २–० ले पराजित गरेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ