arrow

वर्षाैंदेखि रोकिएको अभियान पथले सार्थकता पाउने

नेपाल प्रहरी–सेनाको महत्वपूर्ण भूमिका

logo
नारायण वली,
प्रकाशित २०७९ फागुन १९ शुक्रबार
abhiyan path-3.jpg

रुपन्देही । बुटवलको राजमार्ग चौराह नजिक रहेको लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र र नेपाली सेनाको ब्यारेकसँग जोडिएको अभियान पथलाई विस्तार गर्न थालिएको बर्षाैदेखिको योजनाले सार्थकता पाउने भएको छ ।

२०५४ सालदेखि तत्कालीन बुटवल नगरपालिकाको नगरप्रमुख भोजप्रसाद श्रेष्ठले योजना ल्याए पनि नेपाली सेनाको क्षेत्राधिकार भित्र पर्ने जग्गालाई अनुमति नदिँदा विस्तार हुन नसकी ओझेलमा पर्दै आएको थियो । पुनः २०७४ सालको स्थानीय निकायको निर्वाचन पश्चात् जनप्रतिनिधिहरूले धेरै कोसिस गरे पनि सफल हुन सकेको थिएन । तर २०७७-०७८ सालमा भने उक्त सडक विस्तारका लागि बुटवल उपमहानगरबाट बजेट विनियोजन भए पनि काम भएन ।

हाल गत वैशाख ४ गते भएको दोस्रो स्थानीय निकायको निर्वाचनपछि बुटवल उपमहानगरपालिका वडा न–१० को वडाध्यक्ष बनेका बल बहादुर पुनले बर्षाैदेखि हुन नसकेको कामलाई निर्माण गर्ने गरी अगाडि बढाउन पहल थाले । फलतः जसले बिहीबार बुटवल उपमहानगरपालिका नगरप्रमुख सहित नेपाल प्रहरी र नेपाली सेनाका प्रमुखलाई उपस्थित गराई औपचारिक शिलान्यास कार्यक्रम समेत सम्पन्न गरे । २५ वर्ष अगाडिदेखि जनप्रतिनिधिले अगाडि सारेको पूरा हुन नसकेको योजनालाई पुरा गर्न वडाध्यक्ष पुनले लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीको अध्यक्षतामा नेपाल प्रहरी र सेनाका प्रतिनिधि राखेर सर्वपक्षीय बैठक राखी सो योजनाको बारेमा बृहत् छलफल गरेर निकास निकालेको बताइएको छ ।

हाल अभियान पथ ३७ फूटको रहेको छ भने, अहिले ५१ फूट कायम हुने गरी राजमार्ग चौराहदेखि  मनासलु स्कुल चोक जहाँ, सेनाको पोष्टसम्म १ हजार ५ सय मिटर सडकको पूर्वतिर पर्खाल लगाउने र आगामी असार मसान्तभित्र सडक विस्तार कार्य सम्पन्न गर्ने गरी योजना अगाडि बढाइएको वडाध्यक्ष बल बहादुर पुनले बताएका छन् । सडक विस्तार गर्न एडिबीको लगानी रहने भएको छ । पर्खाल बाहिर रहेका साज, सगुन, कुसुम, सिसौ र केही सिमलका रुखहरू गरी झण्डै एक सय भन्दा बढी रुखहरू काटिने भएका छन् । रुख काट्ने सम्बन्धमा राजनीतिक दलहरूको उपस्थितिमा ईआईए पनि भइसकेको जनाइएको छ । रुखहरू काट्नु भन्दा अगाडि नेपाली सेनाले डिभिजन वन कार्यालय रुपन्देही सँग सहमति लिएर रुख काट्ने प्रक्रिया अगाडि बढ्ने उल्लेख छ । काटिएका रुखहरू वन कार्यालयमा बुझाइने भएको छ ।

सडकको विस्तार कार्यलाई ५१ फूट कायम गर्न सहजीकरण नेपाली सेनाको मध्यपश्चिम पृतना बुटवलका पृतनापति यमप्रसाद ढकाल र लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र बुटवलका प्रमुख एसएसपी विनोद घिमिरेले विकास निर्माणका लागि महत्त्वपूर्ण भूमिका खेलेको वडाध्यक्ष पुनले बताए । जुन भूमिकाले बर्षाैदेखि उठाएको योजनालाई उत्थान गर्ने गरी सफलता मिलेको सुनाए ।

अभियान पथ सडक विस्तार तथा बाउण्ड्री वाल (पर्खाल) निर्माण आयोजना सम्पन्न गर्न सङ्घीय सरकार तथा स्थानीय स्रोतको समेत बजेट विनियोजन गरिएको छ । कुल ४ करोड ५८ लाख ३० हजार ८ सय ४३ रुपैयाँ ८३ पैसा रहेको भए पनि ठेक्का सम्झौता रकम भने ४ करोड १० लाख ७६ हजार ४ सय ८३ रुपैयाँ ४५ पैसा रहेको बताइएको छ । २०७८ जेठ २४ ठेक्का सम्झौता भएको आयोजनालाई चालु आर्थिक वर्षको असार मसान्तभित्र सम्पन्न गर्नुपर्ने गरी शिवशक्ती–उमा एण्ड कम्पनी–कालिका जेभि नयाँ वानेश्वर काठमाडौंले ठेक्का पाएको छ ।

लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्रका प्रमुख विनोद घिमिरेले विकास निर्माणमा हामीहरूको सहकार्य रहन्छ तर तोकिएको समयावधिभित्र निर्माण कम्पनीले समयमै सम्पन्न गर्नुपर्नेमा जोड दिए । मध्यपश्चिम पृतनापति यम प्रसाद ढकालले भने, 'सेना विकास सँग जोडिएको हुन्छ, प्राकृतिक प्रकोप र शान्ति सुरक्षाको हिसाबमा जनतासँग प्रत्यक्ष जोडिएका हुन्छ । त्यसैले अहिले जुन पर्खाल लगाउने जग्गा हो त्यो हाम्रो स्वामित्व पर्दछ, त्यो दिने कुरामा धेरै गृहकार्य गर्‍यौँ ।' केन्द्रीय स्तरसम्म जानकारी गरायौँ, केही कुरामा हामीले सैद्धान्तिक कुरामा मिलायौँ भने केही व्यवहारिक कुरामा पनि सहमति गरेर विकासलाई अगाडि बढाउनेमा साथ दिएको जनाए ।

बुटवल उपमहानगरपालिका नगरप्रमुख खेलराज पाण्डेले नेपाल प्रहरी र नेपाली सेनाले आफ्नो स्वामित्वमा रहेको जग्गा दिएर विकास निर्माणको ढोका खोलेकोमा धन्यवाद दिए । उनले सो पथमा निर्माण हुने पर्खालले सडक चौडा हुने र सडक विस्तार कार्यले पनि गति लिनेमा मद्दत पुग्ने जनाए । सडक विस्तार गर्दा करिब भान्सा घर लगायत केही संरचना ८० लाख बरावरको क्षति हुने भएकाले सो सम्बन्धमा केन्द्रमा जानकारी गराएको बताइएको छ । यसभन्दा अगाडि पनि बुटवलमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र र आधुनिक प्रदर्शनी स्थल बनाउन नेपाली सेनाले जग्गा दिएर बुटवल र देशकै गौरवमय विकास गर्न मार्ग प्रशस्त गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ