arrow

ए डिभिजन लिग शुरु, डेब्युमै खुमलटारको जित

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १९ शुक्रबार
a-division-khumaltar-friends-2079.jpg

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबल शुक्रबारदेखि शुरु भएको छ । उद्घाटन खेलमा डेब्यु टिम एफसी खुमलटारले विजयी शुरुआत गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बेलुकी सम्पन्न उद्घाटन खेलमा फ्रेन्ड्स क्लबलाई १–० ले हराउँदै खुमलटारले सुखद शुरुआत गरेको हो ।

खुमलटारका लागि मेसुके ओलुमोउले निर्णायक गोल गरे । खेलको ८९ औं मिनेटमा जय गुरुङको पासमा ओलुमोउले उत्कृष्ट गोल गरेका हुन् । 

लिगमा १४ टिम सहभागी छन् । लिगका खेलहरु दशरथ रंगशाला, च्यासल र एन्फा कम्प्लेक्सको मैदानमा खेलिने छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ