arrow

पहिलो खेलमै अंक बाँड्यो सर्वाधिक सफल मनाङले 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २१ आइतबार
manang-himalayan-2079-11-20.jpg

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगको सर्वाधिक सफल क्लब मनाङ मस्र्याङ्दी क्लबले यसपालि बराबरीबाट खेलको शुरुआत गरेको छ ।

कीर्तिमानी आठ पटकको च्याम्पियन मनाङले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा हिमालयन शेर्पा क्लबसँग १–१ गोलको बराबरी खेलेको हो ।

प्रतिस्पर्धात्मक खेलमा शुरुआती अग्रता भने मनाङले बनाएको थियो । खेलको १४ औं मिनेटमा रोशन राना मगरको गोलबाट मनाङले शुरुआती अग्रता बनाएको थियो । 

रोशनको प्रहार हिमालयनका डिफेन्डर संजित राईलाई लाग्दै गोल भएको थियो । ८५ औं मिनेटमा सुरेश कुमालले गोल गर्दै हिमालयनलाई १–१ गोलको बराबरीमा ल्याए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ