-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगको उपाधि दावेदार श्रीस्टार क्लब पहिलो खेलमै पराजित भएको छ । थ्रीटारलाई विभागीय टोली एपीएफ क्लबले हराएको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार थ्री स्टार क्लबलाई २–० गोल अन्तरले हराउँदै एपीएफले सुखद शुरुआत गरेको हो ।
एपीएफको जितमा मणि कुमार लामा र अर्मान्ड बिडोमले एक एक गोल गरे ।
एपीएफले दुवै गोल मध्यान्तरपछि गरेको थियो ।