arrow

नेपाली विद्यार्थीहरुलाई ६६ वटा आउटस्ट्यान्डिङ क्याम्ब्रिज लर्नर अवार्ड  [विवरणसहित]

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २७ शनिबार
british-council-award-2022.jpg

काठमाडौं । क्याम्ब्रिज इन्टरनेशनलले नेपाली विद्यार्थीहरूलाई ६६ वटा आउटस्ट्यान्डिङ क्याम्ब्रिज लर्नर अवार्ड प्रदान गरेको छ । यो विश्वव्यापी पुरस्कारले ४० भन्दा बढी देशका रामो प्रदर्शन गर्ने विद्यार्थीहरूलाई सम्मान गर्दै आएको ब्रिटिश काउन्सिलले जनाएको छ । 

यी विद्यार्थीको योग्यतालाई विश्वभरका प्रमुख विश्वविद्यालय र रोजगारदाताहरूले मान्यता दिएका छन् । १६० वर्ष भन्दा लामो समयदेखि अन्तर्राष्ट्रिय परीक्षा लिँदै आएको क्याम्ब्रिज इन्टरनेशनलका पाठ्यक्रमहरू हरेक वर्ष विश्वभरका लगभग १० लाख विद्यार्थीहरूले अध्ययन गर्छन् ।
 
सन् २०२१–२२ को क्याम्ब्रिज परीक्षामा उत्कृष्ट प्रदर्शन गरेकोमा नेपालका जम्मा ४७ जना विद्यार्थीहरूले प्रतिष्ठित ‘आउटस्ट्यान्डिङ क्याम्ब्रिज लर्नर अवार्ड’ प्राप्त गरेका छन् । यस अवार्डले चार विधामा सफलताको मूल्यांकन गरेको छ । जसमा टप इन द वर्ल्ड (विश्वमै सर्वोत्कृष्ट), टप इन द कन्ट्री (देशभरमा सर्वोत्कृष्ट), हाई अचिभमेन्ट अवार्ड (उच्च यपलब्धि पुरस्कार), र बेस्ट अक्रस (थुप्रै पक्षमा राम्रो) रहेका छन् । 
 
नेपालका १ जना विद्यार्थीले ‘टप इन द वर्ल्ड अवार्ड’ जितेका छन्, अर्थात् अंग्रेजी भाषा र साहित्यमा उनले विश्वमै सबैभन्दा बढी अङ्क हासिल गरेका छन् ।

 क्याम्ब्रिज युनिभर्सिटी प्रेस एण्ड एसेसमेन्टका दक्षिण एसियाका प्रबन्ध निर्देशक अरुण राजामणिले भने, ‘आउटस्ट्यान्डिङ क्याम्ब्रिज लर्नर अवार्डले विश्वभर क्याम्ब्रिज परीक्षाहरूमा उच्च प्रदर्शन गर्ने विद्यार्थीहरूको असाधारण शैक्षिक उपलब्धिहरूको कदर र सम्मान गर्छ । बर्सेनि असंख्य नेपाली  विद्यार्थीहरूलाई स्टेम (विज्ञान,प्रविधि, वातावरण र गणित) र गैर(स्टेम विषयहरूमा उनीहरुको उत्कृष्ट प्रदर्शनको आधारमा यी पुरस्कारहरू प्रदान गरिएको छ । ४७ विद्यार्थीहरू यसरी प्रशंसित भएको सन् २०२२ पनि यसमा अपवाद रहेन । यो परिणामले युवा विद्यार्थीहरूको मात्र नभएर, नेपालका शिक्षकहरुको पनि ठूलो प्रतिभा झल्काउँछ । म यी पुरस्कार विजेताहरूलाई, उनीहरूका गौरवान्वित शिक्षकहरू र उनीहरूका अभिभावकहरूलाई उनीहरूको अनन्त सहयोगको लागि बधाई दिन चाहन्छु जसको मार्गदर्शनले यी युवा विद्यार्थीहरूलाई सफलता हासिल  गर्न मद्दत गर्यो ।’

ब्रिटिश काउन्सिल नेपालका महाप्रबन्धक तथा परीक्षा निर्देशक म्याक्सिम राइमानले भने, ‘आज हामीले जुन युवाहरूका उपलब्धिहरूको उत्सव मनाइरहेका छौँ, तिनीहरूबारे केही शब्दहरू लेख्ने अवसर पाउँदा मलाई अत्यन्तै खुशी लागेको छ । व्यक्तिगत रूपमा, उनीहरूलाई आफैँमा अत्यन्त गर्व गर्ने अधिकार छ, र उनीहरुका आमाबाबु, अभिभावक, शिक्षक र विद्यालय नेताहरूलाई पनि यो अधिकार छ, जसले उनीहरूलाई फस्टाउने वातावरण बनाउनमा योगदान दिए। ब्रिटिश काउन्सिलले यी विद्यार्थीहरूलाई उनीहरूको लगावलाई पछ्याउन र क्षमतालाई साकार पार्न अर्को कदम चाल्ने अवसर प्रदान गरेकोमा पनि मलाई गर्व छ। लेखादेखि कला र डिजाइनसम्म, जीवविज्ञानदेखि व्यवसायिक अध्ययन, रसायनशास्त्रदेखि कम्प्युटर विज्ञान, अंग्रेजीदेखि वातावरण व्यवस्थापन, गणितदेखि सञ्चार माध्यमको अध्ययन, भौतिकशास्त्रदेखि मनोविज्ञानसम्म, यी विद्यार्थीहरूले उत्कृष्टता हासिल गरेका विषयहरूको विविधताले मलाई नेपालको भविष्यप्रति धेरै आशावादी बनाउँछ। यसका साथै क्याम्ब्रिजका परीक्षा उत्तीर्ण गर्नुले उनीहरूलाई विषयको गहिरो ज्ञान, संवाद र आलोचनात्मक सोच जस्ता सबैतिर चाहिने सीपहरूको राम्रो आधार प्रदान गरेको छ, जुन उच्च शिक्षा र रोजगारीको संसारमा मूल्यवान हुन्छन् ।’

उनले अगाडि भने, ‘आज हामी यी युवाहरूको सफलताको उत्सव मनाइरहेका छौँ तर जीवनभर हुने सिकाइको अविरल  मार्गमा यसलाई एउटा पाइलाको रूपमा मात्र हेर्न पनि हामीले उनीहरूलाई आग्रह गर्नुपर्छ। म उनीहरूलाई यस यात्राका लागि शुभकामना दिन्छु र आशा गर्दछु कि उनीहरू आगामी वर्षहरूमा यस्तै धेरै कोसेढुङ्गाहरू पार गर्न  सक्षम हुनेछन् ।’


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ