arrow

जिल्ला स्तरिय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको उपाधि बुटवललाई

logo
नारायण वली,
प्रकाशित २०७९ चैत १ बुधबार
rastrapati-running-sild.jpg.jpeg

रुपन्देही । फागुन २८ गतेदेखि ३० गतेसम्म सञ्चालन भएको १३ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता २०७९ को उपाधि बुटवल उपमहानगरपालिकाले पाएको छ । मंगलबार भएको अन्तिम दिनको खेलमा बुटवलले १६ स्वर्ण, १४ रजत र १० कास्य जित्दै विजयी भएको हो । तिलोत्तमा नगरपालिकाले १६ स्वर्ण, ८ रजत र १४ कास्य सहित उपविजेतामा चित्त बुझायो । भने सैनामैना नगरपालिकाले ४ स्वर्ण, ३ रजत र २ कास्यसहित तेस्रो भएको हो ।

सिद्धार्थनगर नगरपालिकाले ४ स्वर्ण, २ रजत ४ काश्य जित्दै चौथो स्थान हासिल गरेको छ । प्रतियोगिता ५ ईभेन्टमा सञ्चालन भएको थियो । जिल्लाका १६ पालिकामध्ये उक्त प्रतियोगितामा ११ वटा पालिकाहरूले मात्रै सहभागिता जनाएका थिए ।  

त्यस्तै कबड्डी अन्तर्गत छात्र/छात्रातर्फ मंगलबार भएको छात्रछात्रा कबड्डी खेलमा बुटवलले स्वर्ण जितेको छ । फाइनल खेलमा बुटवलले गैडहवा गाउँपालिकालाई ५५ का विरुद्ध १ सय १३ को अग्रता ल्याउँदै ५८ अङ्कले जितेको हो । यसैगरी छात्रातर्फ पनि बुटवलले सियारीलाई २८ का विरुद्ध ५० को अग्रताले २२ अङ्कसहित जित निकाल्दै स्वर्ण हात पारेको हो । 

प्रतियोगितामा छात्रतर्फ भलिबलको उपाधि तिलोत्तमाले चुमेको छ । फाइनल खेलमा तिलोत्तमा नगरपालिकाले बुटवलले २–० सेटले पराजित गर्दै स्वर्ण चुमेको हो । यता छात्रातर्फ भलिबलमा भने बुटवल उपमहानगरले स्वर्ण जितेको छ । फाइनल खेलमा तिलोत्तमालाई २–० को सोझो सेटमा पराजित गर्दै बुटवलले स्वर्ण हात पारेको छ ।

३ दिनसम्म भएको प्रतियोगिताको मंगलबार (आज) कार्यक्रमका बिच लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री चन्द्रकेश सिके गुप्ता, प्रदेश खेलकुद परिषद् लुम्बिनीका सदस्यसचिव जयप्रकाश भट्टराई, पूर्व जिल्ला शिक्षा अधिकारी टेक बहादुर थापा, रुपन्देही जिल्ला समन्वय समितिका उमाकान्त चपाई, तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाँण, बुटवल उपमहानगरपालिकाका शिक्षा तथा जनसङ्ख्या महाशाखाका मित्रमणी खनाल, रुपन्देही जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भूपेन्द्रबहादुर थापा क्षत्री (हरि), उपाध्यक्ष जय बहादुर बिक, सदस्य रिता चौधरी लगायतले विजेता, उपविजेता टिम तथा खेलाडीहरूलाई पुरस्कार वितरण गरेका थिए । साथै प्रतियोगिता समापन कार्यक्रममा खेल क्षेत्रमा उत्कृष्ट कलम चलाएको भन्दै हाम्रा कुराकर्मी नारायण वली र बुटवल टुँडे अनलाइन संस्करणका उप-सम्पादक स्वस्तिक श्रेष्ठलाई नगरसहित प्रमाणपत्रले सम्मान गरिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ