arrow

रोकिएन अवैध असुली

बुटवल उपमहानगरको मौखिक निर्देशनलाई ठेकेदारले टेरेनन्

logo
नारायण वली,
प्रकाशित २०७९ चैत १ बुधबार
asuli-buspark-2.jpg
तस्विर: चैत्र १ विहान ५-३५

रुपन्देही । बुटवलमा रहेको लुम्बिनी बस टर्मिनल (नयाँ बसपार्क) मा ठेकेदार पक्षले आय ठेक्का बोलपत्र आह्वान डिजिटल सूचना तथा ठेक्का बोलपत्रमा सूचित गरिएका नियम शर्तहरुको उल्लङ्घन गर्दै रात्रीकालिन लामो दूरीका सवारीहरूबाट पूर्वपश्चिम राजमार्गमा बसेर दैनिक अवैध रूपमा रकम उठाउँदै आएको विषय केहिदिन यता निरन्तर सञ्चारमाध्यममा आएपछि अन्ततः बुटवल उपमहानगरले फागुन २८ गते ठेकेदारलाई बोलाएर स्पष्टीकरण एवं आगामी दिनमा नियम विपरीत काम नगर्न निर्देशन दिए पनि उक्त निर्देशनको पालना नभएको पाईएको छ ।

ठेक्का बोलपत्र र सम्झौता पत्रमा दुई थरीका शुल्क भएको अवस्थामा थप नियम, शर्तमा बसपार्क भन्दा बाहिरबाट शुल्क उठाउन नपाइने, बसपार्कभित्र रातीमा पार्किङ निषेध गर्ने, कुनै पनि ठेला, टङ्की, मिठाई घडी लगायत पटके व्यवसायलाई निरुत्साहित गर्ने र अन्यथा गरेको पाइएमा तत्काल कारबाही गरिने जनाए पनि तर गाडीहरूमा गरिने ग्रिस र मिठाई घडिहरुवाला बाट ठेकेदारले दैनिकी लिएर ती कार्यहरू पनि भइरहेको छ । 

तर, बुटवल उपमहानगरपालिका सम्पत्ति व्यवस्थापन एवं प्रशासन शाखा प्रमुख रामप्रसाद अर्यालका अनुसार हामीलाई पनि बारम्बार यो विषयमा गुनासो आएको र पछिल्लो समय समाचार निरन्तर रूपमा आएपछि मेयरसाब, प्रमुख प्रशासकीय अधिकृत ज्यु लगायत हाम्रो गम्भीर ध्यानाकर्षण भएपछि हामीले ठेकेदारलाई फागुन २८ गते उपमहानगरमा नै बोलायौँ र बसपार्कमा भइरहेको गुनासोलाई स्पष्टीकरण लियौँ, । 

उनले भने, हामीले सोध्दा ठेकेदारले नियमभन्दा बाहिर गएर काम नगरेको बताएको छ । हामीले पैसा उठाउनेहरूले तत्काल कम्पनीको ज्याकेट लगाउनुपर्ने र बसपार्कमा एउटा जानकारी मुलुक बोर्ड राखेर शुल्क बारे खुलाइदिने छलफल भएको छ । यद्यपि, ठेकेदारलाई दिएको पहिलो पटकको मौखिक सुझाव हो । यो विपरीत गएमा उपमहानगरले धरौटी कटौतीदेखि ठेक्का समेत तोड्न सक्ने बताए । 

प्रमुख अर्यालले भने जस्तै ठेकेदारले नियमलाई पालना गर्ने शर्त र मौखिक रूपमा दिइएको सुझावलाई अटेर गरेको पाइएको हो । चैत्र १ गते बिहान करिब सवा ५ बजेतिर बसपार्क अगाडि राजमार्गमा बसेर रकम उठाएको देखिएकाले अझै बन्द नहुँदा ठेकेदारलाई उपमहानगरले दिएको मौखिक सुझावलाई नटेरेको स्पष्ट बुझिन्छ ।

चालु आर्थिक वर्ष २०७९-०८०/०८०-०८१ का लागि उपमहानगरले आह्वान गरेको बोलपत्रमा गणेश एण्ड सन्स कन्स्ट्रक्सन बुटवल-१३ ले ठेक्का पाएको छ । दुई आर्थिक वर्षका लागि कन्स्ट्रक्सनले २ करोड ९१ लाख, ५४ हजार भ्याटसहित २०७९ असोज ३० गतेदेखि २०८१ असार मसान्तसम्म सञ्चालन गर्न ठेक्का पाएको हो ।

 बुटवल उपमहानगरपालिकाले गत भदौ १४ गते आय ठेक्का सम्बन्धी बोलपत्र आह्वानको पहिलो पटक प्रकाशित गरेको सूचनामा बसपार्कको क्षेत्राधिकार भन्दा बाहिरबाट शुल्क उठाउन नपाउने समेत जनाइए पनि नियामक निकाय उपमहानगरले ठेकेदारलाई सम्झाउने बुझाउने तर्फ केन्द्रित छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ