arrow

बुटवलमा स्ववीयू निर्वाचन शुरु

logo
नारायण वली,
प्रकाशित २०७९ चैत ५ आइतबार
butwal-bahumukhi-campus.jpg

रुपन्देही । बुटवल बहुमुखी क्याम्पसमा स्ववीयू निर्वाचनको मतदान शुरु भएको छ । ७ हजार १ सय ९ मतदाता संख्या रहेको क्याम्पस प्रशासनले जनाएको छ । 

बिहान ८ बजेदेखि शुरु भएको मतदानमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । साथै लाइनबद्ध रहेका मतदाताहरूलाई गेटमा चेकजाँचलाई सूक्ष्म बनाइएको छ । मतदाताले भित्र जाँदा कलम र मोबाइल समेत लैजान प्रतिबन्ध लगाइएको छ । 

नेपाल विद्यार्थी सङ्घ, क्याम्पसमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववीयु), अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी क्रान्तिकारी (विप्लव), राष्ट्रिय स्वतन्त्र विद्यार्थी समूह, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी बहुमत), अखिल क्रान्तिकारी गरि ६ वटा समूह निर्वाचनमा होमिएको नेपाल विद्यार्थी सङ्घ बुटवल बहुमुखी क्याम्पसका सभापति सागर पौडेल बताएका छन् । 

उनले भने, निर्वाचन माहौल शान्त र स्वतन्त्र छ । आजको यो निर्वाचनमा हाम्रो अवस्था ठिकै छन्। जहाँसम्म हामीप्रति देखिएको क्रेजले जीत सुनिश्चित छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ