arrow

थ्री स्टारलाई हराउँदै सुदूरपश्चिम तिलोत्तमा गोल्डकपको फाइनलमा

logo
नारायण वली,
प्रकाशित २०७९ चैत ८ बुधबार
tilottoma-friends-apf.jpg
तस्बिर – फाइल ।

रुपन्देही । थ्रीस्टार क्लबलाई हराउँदै सुदूरपश्चिम ११ तिलोत्तमा गोल्डकप फुटबलको फाइनलमा पुगेको छ । बुटवलको एन्फा टेक्निकल सेन्टर देविनगरमा जारी २२ औं तिलोत्तमा गोल्डकपको बुधबार भएको सेमिफाइनल खेलमा थ्री स्टारलाई १-० ले हराउंँदै सुदूरपश्चिम फाइनलमा प्रवेश गरेको हो ।   

सुदुरपश्चिम ११ का लागि खेलको ८६ औं मिनेटमा फागुराम थारुले निर्णायक गोल गरेका थिए । सुदूरपश्चिम का विष्णु चौधरी म्यान अफ दि म्याच भए ।

बिहीबार सेमिफाइनलको दोस्रो खेलमा फ्रेण्ड्स क्लब र मनाङ मर्स्याङ्दी क्लब दिउंँसो साढे ३ बजे खेल्नेछन् । 

रुपन्देही जिल्ला फुटबल संघको आयोजनामा सञ्चालित प्रतियोगिताको  संरक्षकमा बुटवल उपमहानगरपालिका रहेको छ।  विजेताले ११ लाख ११ हजार एक सय ११ रुपैयांँ र उपविजेताले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछन ।

सर्वोत्कृष्ट खेलाडीले एक लाख रुपैयांँ एक थान मोटरसाइकल पुरस्कार पाउंँदा उत्कृष्ट फरवार्ड, गोलरक्षक, मिडफिल्डर, डिफेन्स र कोचलाई जनही ३० हजारका दरले नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ