arrow

दशरथ रंगशालामा आज भुटान र लाओसबीच भिडन्त 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत ११ शनिबार
dasharath-stadium-evergreen.jpg
तस्बिर – फाइल ।

काठमाडौं । प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगितामा आज भुटान र लाओस बिच प्रतिस्पर्धा हुनेछ । गत ८ गते देखि शुरु भएको  थ्री नेसन्स कपको दोस्रो खेलमा भुटान र लाओसबीच खेल हुन लागेको हो । 

पहिलो खेलमा नेपालले लाओसलाई २–० ले पराजित गर्दै विजयी शुरुआत गरेको थियो । दोस्रो खेल नेपालले चैत १४ गते भुटानसँग प्रतिस्पर्धा गर्नेछ । 

सिंगल राउण्ड रोबिनको आधारमा भइरहेको प्रतियोगिताका शीर्ष दुई टोली उपाधिका लागि चैत १७ गते भिड्ने छन् । 

अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार विजेताले ५ हजार अमेरिकी डलर, दोस्रोले ३ हजार डलर पाउनेछ भने उत्कृष्ट खेलाडीले ५ सय अमेरिकी डलर तथा म्यान अफ दि म्याचले २ सय ५० डलर पाउने छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ