arrow

प्रधानमन्त्री थ्री नेसन्स कप फुटबलको उपाधि नेपाललाई 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १७ शुक्रबार
pm-cup-3nations-2079-nepal.jpg

काठमाडौं । प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिताको उपाधि नेपालले जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार बेलुकी सम्पन्न फाइनलमा लाओसलाई २–१ गोल अन्तरले हराउँदै नेपालले उपाधि जितेको हो ।

लोओसले बनाएको एक गोलको अग्रता उल्टाएर नेपाल च्याम्पियन बन्न सफल भएको हो ।  नेपालको जितमा आयुष घलान र मनिष डाँगीले एक एक गोल गरे ।  लाओसका फोउचाङभोङ साङ्भिले शुरुआती गोल गरे । 

१७ औं मिनेटमा फोउचाङभोङले गोल गर्दै लाओसलाई अग्रता दिलाएका थिए । २४ औं मिनेटमा आयुषले गोल गर्दै नेपाललाई १–१ गोलको बराबरीमा ल्याएका थिए । 

८७ औं मिनेटमा मनिषले गोल गर्दै नेपाललाई २–१ को जित दिलाए । उपाधिसँगै नेपालले ५ हजार अमेरिकी डलर प्राप्त गरेको छ भने लाओसले ३ हजार डलर प्राप्त गरेको छ । 

लिग चरणमा नेपालले लाओसलाई २–० ले हराएको थियो । तेस्रो टिम भुटान तेस्रो हुँदै उपाधि भिडन्तबाट बाहिरिएको थियो । भु्टान लाओससँग २–१ ले पराजित भएको थियो भने नेपालसँग १–१ को बराबरी गर्न सफल भएको थियो । 

नेपालले घरेलु मैदानमा दोस्रो पटक थ्री नेसन्सको उपाधि जितेको हो । २०७७ सालमा भएको प्रतियोगिताको फाइनलमा बंगलादेशलाई हराउँदै नेपाल च्याम्पियन बनेको थियो ।



लोकप्रिय समाचार
नयाँ