arrow

इङ्गलिश प्रिमियर लिगको २९ औं चरणसम्म को कहाँ ? 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २२ बुधबार
chelsea-liverpool-2023.jpg

काठमाडौं । इङ्गलिश प्रिमियर लिग फुटबलमा चेल्सी र लिभरपुलले बराबरी खेल्दै अंक बाडेका छन् । मंगलबार राति भएको खेलमा चेल्सी र लिभरपुलले गोलरहित बराबरी खेलेका हुन् ।

प्रिमियर लिग अन्तर्गत नै मंगलबारका खेलमा एस्टन भिल्लाले लेस्टर सिटीलाई २–१ ले हराएको छ । लिड्स युनाईटेडले नटिङघम फरेस्टलाई २–१ ले नै हराएको छ । त्यस्तै ब्राइटन एन्ड हभ आल्बियनले एएफसी बर्नमाउथलाई २–० ले हराएको छ ।

अंक तालिका
लिगमा २९ औं चरणका खेल सकिने क्रममा रहेका छन् । २९ खेलबाट ७२ अंकसहित आर्सनल शीर्ष स्थानमा रहेको छ । 

एक खेल कम खेलेको म्यानचेस्टर सिटी ६४ अंकसहित दोस्रो स्थानमा रहेको छ । २७ खेलबाट ५० अंकसहित न्यूकासल युनाइटेड तेस्रो तथा २९ खेलबाट ५० अंकसहित टोटनह्याम हट्सपर चौथो स्थानमा छ । ५० अंकबाट पाँचौं स्थानमा रहेको म्यानचेस्टर युनाइटेडले २७ खेल खेलेको छ । 

पूर्व विजेता लिभरपुल ४३ अंकसहित आठौं तथा अर्को पूर्व विजेता चेल्सी ३९ अंकसहित ११ औं स्थानमा छ । 

बर्नमाउथ, लेस्टर सिटी र साउथह्याम्पटन रेलिगेशन क्षेत्रमा छन् । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ