arrow

चेल्सीको विजोग, डुबेको डुंगा नयाँ प्रशिक्षकले पनि लगाएनन् पार 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २६ आइतबार
frank-lampard-chelsea.jpg

काठमाडौं । नयाँ प्रशिक्षकसहित मैदानमा उत्रेका भए पनि इङ्गलिश प्रिमियर लिग फुटबलमा चेल्सीले पराजय भोग्नु परेको छ । घरेलु टोली वुल्भ्ससँग चेल्सीले १–० ले पराजय भोग्नु परेको हो । 

चेल्सीको पराजयमा वल्भ्सका म्याथिअस नुनेसले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । हालै मात्रै अन्तरिम प्रशिक्षकमा रुपमा नियुक्त भएका फ्रान्क लाम्पार्डको उपस्थितिमा भएको पहिलो खेलमा चेल्सीले पराजय भोग्नु परेको हो । 

 गत साता मात्रै लाम्पार्ड प्रशिक्षकमा नियुक्त भएका थिए । उनी नियुक्त भएपछि चेल्सीको यो पहिलो खेल हो । यस पराजयसँगै ३० खेलबाटै ३९ अंक जोडेर चेल्सी ११औं स्थानमा रहेको छ भने जितसँगै वुल्भ्स ३० खेलबाट ३१ अंक जोडेर १२औं स्थानमा उक्लिएको छ ।

यो हारसँगै चेल्सीले अर्को सिजन च्याम्पियन्स लिग वा युरोपा लिग खेल्न पाउने सम्भावना लगभग सकिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ