arrow

प्रिमियर लिगमा म्यानसिटीको सहज जित, न्यूकासल तेस्रोमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २६ आइतबार
haaland-mancity.jpg

काठमाडौं । इङ्गलिश प्रिमियर लिग फुटबलका गएरातिका खेलमा म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेड र न्यूकासल युनाइटेड विजयी भएका छन् । 

म्यानसिटीले साउथ ह्याम्टनललाई उसकै मैदानमा ४–१ ले हरायो । सिटीलाई जिताउन आर्लिङ हल्याण्डले दुई तथा ज्याक ग्रिलिश र हुँवा अल्भारेजले एक एक गोल गरे । 

म्यानयूले एभर्टनलाई २–० ले हरायो । म्यानयूका लागि स्कट म्याक टोमिने र एन्थोनी मार्सलले एक एक गोल गरे । 

एस्टन भिल्लाले नटिंघम फरेस्टलाई २–० ले पराजित गर्यो । 

न्यूकासल युनाइटेडले ब्रेन्टफोर्डलाई २–१ ले हराउँदा फुल्हम वेष्टह्याम युनाइटेडसँग १–० ले पराजित भयो । 

लेस्टर सिटी बर्नमाउथसँग १–० ले पराजित हुँदा टोटनह्याम हट्सपरले ब्राइटनलाई २–१ ले हरायो । चेल्सी भने वुल्भस्सँग १–० ले पराजित भयो । 

आजका खेल 
बेलुकी ६ः४५ बजे लिड्स युनाइटेडले घरेलु मैदानमा क्रिस्टल प्यालेससँग खेल्नेछ । 

राति ९ः१५ बजे लिभरपुलले घरेलु मैदानमा आर्सनलसँग खेल्दैछ । 

अंक तालिका 
२९ खेलबाट आर्सनल ७२ अंकसहित शीर्ष स्थानमा छ । लिभरपुललाई पराजित गर्ने हो भने आर्सनलको उपाधि दावेदारी मजुबत हुने निश्चित छ ।२९ खेलबाट ६७ अंकको म्यानचेस्टर सिटी दोस्रो स्थानमा छ । न्यूकासल २९ खेलबाट ५६ अंकसहित तेस्रो स्थानमा छ । 

म्यानयू २९ खेलबाटै ५६ अंकसहित गोल अन्तरमा चौथो स्थानमा झरेको छ । टोटनह्याम ३० खेलबाट ५३ अंकसहित पाँचौं स्थानमा छ । एस्टनभिल्ला ४७ अंकसहित छैटौं स्थानमा छ । 

ब्राइटन ४६ अंकसहित सातौं तथा कमजोर देखिएको लिभरपुल ४३ अंकसहित आठौं स्थानमा छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ