arrow

दुई गोलको अग्रता जोगाउन नसक्दा आर्सनल बराबरीमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २७ सोमबार
salaha-liverpool-2023.jpg

काठमाडौं । इङ्गलिश प्रिमियर लिग फुटबलको शीर्षस्थानमा रहेको आर्सनल घरेलु टोली लिभरपुलसँग बराबरीमा रोकिएको छ । शुरुआती दुई गोलको अग्रता जोगाउन नसक्दा आर्सनलले लिभरपुलसँग अंक बाँड्न बाध्य भएको छ । सो खेल २–२ को बराबरीमा सकिएको थियो । 

आइतबार राति एनफिल्डमा  भएको खेलको ८ औं मिनेटमा मार्टिनेलीको गोलबाट आर्सनलले अग्रता लिएको थियो । पहिलो हाफको २८औं मिनेटमा गाब्रिएल जेससले अर्को गोल थपे पछि आर्सनल २–० को अग्रता कायम गर्न सफल भयो । 

तर, त्यो अग्रतालाई आर्सनलले जोगाउन सकेन । ४२औं मिनेटमा मोहम्मद सलाहले गोल गर्दै लिभरपुललाई २–१ को स्थितिमा फर्काए ।

दोस्रो हाफको ५४ औं मिनेटमा सलाह पेनाल्टीमा चुक्दा लिभरपुलले आर्सनलसँग बराबरी हुने मौका गुमायो । तर निर्धारित समयको खेल सकिन तीन मिनेट बाँकी रहँदा अर्थात् ८७ औं मिनेटमा फर्मिनोले गोल गर्दै लिभरपुललाई हारबाट मात्रै जोगाएनन् खेल नै बराबरीमा राखिदिए ।

आइतबार रातिको अर्को खेलमा क्रिस्टल प्यालेसले लिड्स युनाइटेडलाई ५–१ ले हराएको छ । 

यस खेलपछि शीर्ष स्थानको आर्सनलको ३० खेलबाट ७३ अंक भएको छ । लिभरपुल २९ खेलबाट ४४ अंक जोडेर आठौं स्थानमा रहेको छ । 

दोस्रो स्थानको म्यानचेस्टर सिटीको २९ खेलबाट ६७ अंक छ । तेस्रो स्थानको न्यूकासल युनाइटेड र चौथो स्थानको म्यानचेस्टर युनाइटेडको समान ५६ अंक छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ