arrow

बीस वर्षपछि उपाधि जित्ने आर्सनलको सपना कमजोर बन्दै 

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख ४ सोमबार
arsenal-2023.jpg

काठमाडौं । इङ्गलिश प्रिमियर लिग फुटबलमा २० वर्षपछि उपाधि जित्ने आर्सनलको सम्भावना कमजोर बन्दै गएको छ । सन् २००३ को विजेता आर्सनलले त्यसपछि उपाधि जितेको छैन । 

यसपालि उपाधि जित्ने प्रवल सम्भावना छ । तर पछिल्ला केही खेलमा सन्तोषजनक नतिजा हासिल गर्न नसकेपछि दोस्रो स्थानको म्यानचेस्टर सिटीले भेट्टाउन थालेको छ । 

गएरातिको खेलमा वेष्टह्याम युनाइटेडसँग २–२ गोलको बराबरी खेलेसँगै आर्सनल केही कमजोर देखिएको छ । यद्यपि आर्सनल शीर्ष स्थानमै छ । आर्सनलको ३१ खेलबाट ७४ अंक छ । 

दोस्रो स्थानको म्यानसिटीको ३० खेलबाट ७० अंक रहेको छ । पहिले केही पछि रहेको सिटीले सुधार गरेसँगै आर्सनलसँग नजिकिएको हो । 

यसपालि यी दुई टिममध्ये एकले उपाधि जित्ने पक्का छ । किनकि तेस्रो स्थानको म्यानचेस्टर युनाइटेडको ३० खेलबाट ५९ अंक मात्रै छ । 

गएरातिको खेलमा म्यानयुले नटिंघम फरेस्टलाई २–० ले हरायो । 

अब म्यानसिटी र आर्सनलबीच २६ अप्रिलमा हुने खेल निकै नै महत्वपूर्ण हुनेछ । दबाबमा परेका कारण आर्सनलको खेल बिग्रिदा त्यसको फाइदा म्यानसिटीले लिने देखिएको छ । 

नटिंघम, लेस्टर सिटी र साउथह्याम्पटन भने रेलिगेशन क्षेत्रमा छन् । 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ