arrow

लुम्बिनीमा १६८ (२) अनुसार सरकार गठन गर्न आह्वान

logo
नारायण वली,
प्रकाशित २०८० वैशाख १२ मंगलबार
lumbini-province-9.jpg
तस्बिर – फाइल ।

रुपन्देही । लिला गिरी नेतृत्वको सरकारले विश्वासको मत नपाएपछि अल्पमतमा परेको लुम्बिनी प्रदेशमा नयाँ सरकार गठन गर्नका लागि प्रदेश प्रमुख अमिक शेरचनले  आह्वान गरेका छन् ।

शेरचनले सरकार गठनको लागि संविधानको धारा १६८ को उपधारा २ अनुसार आह्वान गरेका हुन् । यसअघि सोमबार मुख्यमन्त्री गिरीले विश्वास मत पाउन असफल  भएसँगै लुम्बिनी प्रदेशमा नयाँ सरकार गठन अन्योल देखिएको थियो ।

संविधानको धारा १६८ को उपधारा २ कि ३ मा जाने भन्ने विषयमा अन्योल देखिएपछि प्रदेशका प्रमुख अमिक शेरचनले यसबारे छलफल शुरु गरेका थिए ।

शेरचनले नयाँ सरकार गठनका विषयमा महान्यायाधिवक्ताको कार्यालय काठमाडौँमा पत्राचार गरेर लिखित राय नै मागेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ