arrow

प्रिमियर लिगको उपाधि आर्सनलबाट टाढिँदै, सिटीले गर्‍यो गोलको वर्षा 

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख १४ बिहिबार
arsenal-2023.jpeg

काठमाडौं । इङ्गलिश प्रिमियर लिग फुटबलको उपाधि होडबाट आर्सनल टाढिँदै गएको छ । शुरुआतदेखि नै लिगमा आग्रता लिइरहेको आर्सनल लिग सकिने क्रममा रहँदै गर्दा कमजोर हुँदै गएको छ । 

दोस्रो स्थानको म्यानचेस्टर सिटीले गएरातिको खेलमा आर्सनलमाथि गोलको वर्षा गरेसँगै आर्सनल कमजोर भएको हो । 

सिटीले घरेलु मैदान इत्तेहाद स्टेडियममा भएको खेलमा आर्सनलमाथि ४–१ को जीत निकाल्यो । आर्सनललाई हराएको सिटीले अब खेल्न बाँकी रहेको दुई खेलमा यदि विजयी भएमा ४ अंकले अघि बढ्ने छ । 

सातौं मिनेटमा केभिन डि ब्रुनेले गोल गर्दै सिटीलाई अग्रता दिलाए । पहिलो हाफको इन्जुरी समयमा जोन स्टोन्सले थप एक गोल गर्दै सिटीको अग्रता दोब्बर पारिदिए  । 

दोस्रो हाफको ५४औं मिनेटमा ब्रुनेले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरेपछि सिटी ३–० को अन्तरले अगाडि बढ्यो । ८६औं मिनेटमा आर्सनलका रोब होल्डिङले गोल गर्दै खेललाई ३–१ को स्थितिमा ल्याए । 

सिटीले दोस्रो हाफको इन्जुरी समयमा पनि गोल गर्यो । हालान्डले फिल फोडेनको पासमा अन्तिम गोल गरे । 
 
समीकरण
यस खेलसँगै आर्सनल र सिटीको अंक दुई मात्रै फरक परेको छ । शीर्ष स्थानमा रहेको आर्सनलको ३३ खेलबाट ७५ अंक छ भने सिटीले ३१ खेलबाट ७३ अंक बटुलेको छ । 

बाँकी रहेका दुबै खेलमा जीत हासिल गरे सिटीले आर्सनललाई  ४ अंकले पछि पार्नेछ ।

अन्य खेलहरु
बुधबार रातिका अन्य खेलमा लिभरपुलले वेष्टह्याम युनाइटेडलाई २–१ ले हरायो । 

चेल्सी घरेलु मैदानमा ब्रेन्टफोर्डसँग २–० ले पराजित भयो । 

नटिंघम फरेस्टले ब्राइटनलाई घरेलु मैदानमा ३–१ ले हरायो । 

अंक तालिका
आर्सनल ७५ अंकसहित शीर्ष स्थानमा छ । म्यानसिटी ७३ अंकसहित दोस्रो स्थानमा छ । 

न्यूकासल युनाइटेड ३१ खेलमा ५९ अंकसहित तेस्रो तथा म्यानचेस्टर युनाइटेड ३० खेलबाट ५९ अंकसहित चौथो स्थानमा छ । 

यो अंक हेर्दा म्यानयूले तेस्रो स्थान ओगट्ने निश्चित जस्तै छ । पाँचौं स्थानको एस्टन भिल्लाको ५४ तथा छैटौं स्थानको लिभरपुलको ३२ खेलबाट ५३ अंक छ । 

यो समीकरण हेर्दा लिभरपुलले कम्तीमा पाँचौं स्थान ओगट्ने पक्का जस्तै छ । 

लेस्टर सिटी, एभर्टन र साउथह्याम्पटन रेलिगेशन क्षेत्रमा छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ