arrow

मुख्यमन्त्रीमा चौधरीको दाबी पेश 

logo
नारायण वली,
प्रकाशित २०८० वैशाख १४ बिहिबार
lumbini-provinceamik-sherchan-delhi-chaudhari-2080.jpg

रुपन्देही । लुम्बिनी प्रदेश सरकारको नेतृत्वका लागि ८ दलको गठबन्धनबाट नेपाली कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले प्रदेश प्रमुख अमिक शेरचनसमक्ष मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् । दलबलसहित प्रदेश प्रमुखको कार्यालय बुटवलमा पुगेर उनले दाबी पेश गरेका हुन् । 

गठबन्धन दलको बैठकले यसअघिकै सहमतिअनुसार चौधरीको नेतृत्वमा जानेगरी प्रदेश प्रमुख समक्ष दाबी पेश गर्ने निर्णय गरेको थियो । आज ४ बजेपछि चौधरीलाई मुख्यमन्त्रीका रुपमा प्रदेश प्रमुख शेरचनले घोषाणा गर्ने तयारी रहेको छ ।

चौधरी दाङ क्षेत्र न–३ को १ बाट प्रदेश सभामा निर्वाचित भएका हुन् । यसअघि मुख्यमन्त्री बनेका एमालेका नेता लिला गिरीले विश्वासको मत पाउन नसकेपछि प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा २ बमोजिम दाबी पेश गर्न आह्वान गरेका थिए । सोही सूचनाकै आधारमा दाबी पेश गरिएको हो । 

कांग्रेस र माओवादी केन्द्रसहित ८ दल र एक स्वतन्त्र गरी ५३ जना सांसदहरुले मुख्यमन्त्री लिला गिरी अल्पमतमा परेको भन्दै चौधरीलाई संविधानको धारा १६८ को २ अनुसार मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुख शेरचनसमक्ष करिब एकमहिना अगाडि निवेदन दिइसकेका थिए ।  

यसपटक पनि ५३ जनाको हस्ताक्षरसहित दाबी पेश गर्न लागिएको हो । ८७ जना सदस्यीय लुम्बिनी प्रदेशसभामा एमालेका २९, नेपाली कांंग्रेसका २७, माओवादीका ११, राप्रपाका र नागरिक उन्मुक्ति पार्टीका ४–४ जना, जनमत पार्टी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका ३–३ जना, राष्ट्रिय जनमोर्चा र नेकपा एकीकृत समाजवादीका एक–एक जना र स्वतन्त्र एकजना सांसद रहेका छन् ।

बहुमतको लागि ४४ सांसाद आवश्यक पर्नेछ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित १० मन्त्रालय रहेको लुम्बिनीमा माओवादीले अर्थ र भौतिकसहित ३ मन्त्रालय दाबी गरेको छ । कांग्रेसले भने अर्थ र भौतिकमध्ये एक मन्त्रालय आफूसँगै राख्न र माओवादीलाई दुई मन्त्रालय दिन चाहेको छ ।

कांग्रेसका एक सांसदले कांग्रेसले मुख्यमन्त्रीसहित ३ वा ४, माओवादीले २ वा ३ र जसपा, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी र लोसपाले १–१ मन्त्रालय पाउने सम्भावना रहेको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ