arrow

पुरानो पिचमाथि कालोपत्रे, अनुगमन शून्य

logo
नारायण वली,
प्रकाशित २०८० वैशाख १४ बिहिबार
road-Butwal-2.jpg

रुपन्देही। रुपन्देहीस्थित सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–बेलहिया सडक बनाउन ठेक्का लिएको निर्माण कम्पनीले राजमार्ग चौराहादेखि बेलहियासम्म ४ लेन सडक बनाएकोमा त्यसमध्ये केही ठाउँमा सर्भिस लेनको काम अझै बाँकी छ ।

यता चौराहा–गोलपार्क ६ लेन सडकखण्ड बनाउने काम विगतदेखि अलपत्र पर्दै आएको छ । जसले हालसम्म पनि साढे तीन किलोमिटर सडकलाई विस्तार गर्न सकेको छैन ।  

पछिल्लो समय व्यापक जनगुनासो बढेपछि निर्माण कम्पनीका प्रतिनिधि सुवित श्रेष्ठले पैसा लिने तर काम नगर्ने गरेर लामो समय अलपत्र पारेपछि अहिले सोही कम्पनीका अर्का प्रतिनिधि पेम्वा लामाले सडक विस्तारलाई जोड दिए पनि बसपार्कदेखि पश्चिामाञ्चल फाइनान्ससम्म पूर्वतर्फ पुरानो सडकलाई उप्काएर कालोपत्रे गरे भने पश्चिामाञ्चल फाइनान्सदेखि पश्चिमतर्फ पुरानो पिचमाथि कालोपत्रे गरेर ६ लेन सडकको काम गर्न थालेको पाइएको छ । जुन दृश्य प्रत्यक्ष रुपमा देख्न सकिन्छ ।

३ पटकसम्म म्याद थपेर जिम्मेवारी पूरा गर्न नसकेको निर्माण कम्पनी द कञ्चनजंघाले पछिल्लो समय थपेको तेस्रो पटकको म्याद सकिन चालु आर्थिक वर्षको असार मसान्तसम्म तोकिएको छ ।

अब तोकिएको म्याद सकिन अढाई महिना बाँकी रहेको छ । यो बाँकी रहेको समयमा सक्नलाई ठेकेदार कम्पनीले हतारहतार गरेको र पुरानो पिचमाथि कालोपत्रे गरेर सिध्याउने गरी नियमविपरीत काम गर्दासमेत सम्बन्धित निकायको ध्यान पुग्न सकेको छैन ।

संघीय सरकारको आयोजना रहेको ६ लेन सडकको वेलावेलामा निरक्षण गर्दै आफ्नो फेसवुकवालमा अनुगमन भन्दै पोष्ट गरेर जनगुनासोको चर्चा बटुलेका बुटवल अउपमहानगरपालिका नगरप्रमुख खेलराज पाण्डेय अहिले ठेकेदारले गुणस्तरहीन कालोपत्रे गर्दा देखा नपरेको स्थानीय व्यापारीहरुको गुनासो रहेको छ ।  

तेस्रो पटक म्याद थप्न कूटनीतिक चाल चालेको निर्माण कम्पनीलाई म्याद थप्न गत असार १९ गते आएको १२ औं खरिद ऐन संशोधनले म्याद थप्न मौका मिलेको थियो ।

अन्ततः नयाँ खरिद ऐनमा टेकेर २०७९ भदौ ६ गते तेस्रो पटकको म्याद थपिएको थियो । साढे दुई वर्षमा निर्माण सम्पन्न गर्ने गरी २०७३ साल चैत १७ गते ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले समयमा काम सम्पन्न नगर्दा सडकको अवस्था घाममा धुलाम्मे र पानी पर्दा हिलाम्मे हुनुका साथै उच्च सडक दुर्घटनाको जोखिम बढेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ