arrow

लुम्बिनीमा मुख्यमन्त्री चौधरीको शपथसँगै तीन विभागीय मन्त्री नियुक्त हुँदै

logo
नारायण वली,
प्रकाशित २०८० वैशाख १५ शुक्रबार
lumbini-pradesh- sabha-2.jpg

रुपन्देही । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज मन्त्रीपरिषद गठन गर्ने तयारी गरेका छन् । मुख्यमन्त्री चौधरीले अहिले केही बेरमा सपथ लिँदै छन् । उनले त्यस क्रममा थप ३ जना मन्त्रीसमेत नियुक्त गर्ने तयारी रहेको बताइएको छ ।

स्रोतका अनुसार नयाँ मन्त्रिपरिषद्मा माओवादी केन्द्रबाट धनबहादुर मास्की, लोकतान्त्रीक समाजवादी पार्टीका संसदीय दलका नेता सन्तोषकुमार पाण्डे र नागरिक उन्मुक्ति पार्टीका संसदीय दलका नेता धर्मराज चौधरीलाई विभागीय मन्त्री नियुक्त गर्ने योजना रहेको बुझिएको छ ।

उनीहरुको शपथ पनि मुख्यमन्त्री चौधरीसँगै हुने भएको छ । मन्त्री नियुक्त हुन लागेका तीन मन्त्रीको मन्त्रालय भने टुंग्याइएको छैन । जसका कारण उनीहरु विभागीय मन्त्रीको रुपमा नियुक्त हुन लागेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ