arrow

बीस वर्षे युवती आफ्नै घरमा मृत भेटिइन्, श्रीमानसहित तीन पक्राउ 

logo
सौरभ गिरी, 
प्रकाशित २०८० वैशाख १८ सोमबार
Kohalpur_Nagarpalika.png

नेपालगन्ज । बाँकेको कोहलपुरमा २० वर्षीया युवती आफ्नै घरमा मृत अवस्थामा फेला परेकी छिन् । कोहलपुर २ बर्दहवामा २० वर्षीया युवती प्रिती थारु घरमै मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय कोहलपुरले जानकारी दिएको छ। 

घटना गएराति अन्दाजी १२ बजे तिरको हो । युवती मृत अवस्थामा फेला परेको घटना शंकास्पद रहेको हुँदा प्रहरीले मृतकका श्रीमान्, ससुरा  र जेठाजुलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

प्रहरीका अनुसार मृतकले आत्महत्या गरेको हो कि हत्या नै हो भन्ने पोष्टमार्टमको रिपोर्ट आएपछि मात्रै थाहा हुने कोहलपुर प्रहरीले जानकारी दिएको छ । 

घटना गएराति भए पनि हिजो बिहान मृतक प्रितिलाई श्रीमानसहित घरपरिवारका सदस्यले कुटपिट गरेको खुल्न आएको कोहलपुर प्रहरीले जानकारी दिएको छ ।

उनीहरुसँग पनि अनुसन्धान भइरहेकाले घटनाको बारेमा चाँडै जानकारी मिल्ने इलाका प्रहरी कार्यालय कोहलपुरले जानकारी दिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ