arrow

मुख्यमन्त्री चौधरीले पाए विश्वासको मत

logo
नारायण वली,
प्रकाशित २०८० वैशाख १९ मंगलबार
lumbini-province-delhibahadur-.jpg

रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विश्वासको मत लिएका छन् । मुख्यमन्त्रीमा नियुक्त भएको ६ दिनमा चौधरीले विश्वासको मत पाएका हुन् ।

प्रदेश सभाका बहुमत ५३ सांसदले मुख्यमन्त्रीलाई विश्वासको मत दिएका हुन् । मुख्यमन्त्रीले विश्वासको मत पाएलगत्तै सरकारलाई पूर्णता दिने तयारी गरेका छ्न् । नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा चौधरी नियुक्त भएका थिए ।

मुख्यमन्त्री नियुक्त भएको तीस दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ। नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम नियुक्त भएका मुख्यमन्त्रीले एक महिनाभित्र विश्वासको मत प्राप्त गर्नुपर्ने संविधानमा उल्लेख छ। प्रदेश सरकारप्रति नागरिकहरूको विश्वास रहेको भन्दै नागरिकहरूलाई उत्साह जगाउने गरी काम गर्ने मुख्यमन्त्री बताए । 

मुख्यमन्त्रीलाई नेपाली कांग्रेसका, नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी, लोसपा, जसपा, जनमत र एक स्वतन्त्रले विश्वासको मत दिएका हुन् । चाैधरीले ८ दल र १ स्वतन्त्र गरी ५३ मत पाएका हुन् । २९ मत विपक्षमा परेको छ । राप्रपाका ४ सांसदले भने कसैलाई पनि मत दिएनन् ।

एमालेले विपक्षमा मतदान गरेको छ । अहिले मुख्यमन्त्रीसंगै नेकपा माओवादीबाट धनबहादुर मास्की, लोकतान्त्रीक समाजवादी पार्टीका सन्तोषकुमार पाण्डे, नागरिक उन्मुक्ती पार्टीका धर्मबहादुर चौधरी मन्त्री छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ