arrow

एमाले सचिव एवं सांसद टोपबहादुर रायमाझी कता छन् ? [अपडेट]

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २१ बिहिबार
top-bahadur-rayamajhi-argakhanchi-uml-mp-2079-2022.jpg

काठमाडौं । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहलाई सहयोग गरेको आरोपमा पूर्वमन्त्री तथा नेकपा एमालेका सचिव तथा सांसद टोपबहादुर रायमाझीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी उच्च स्रोतका अनुसार उनलाई भैरहवाबाट प्रहरीले नियन्त्रणमा लिएको हो । 

यद्यपि रुपन्देही प्रहरी प्रमुख भने रायमाझी पक्राउ नगरेको दाबी गर्छन् । त्यस्तै रुपन्देही प्रहरी प्रवक्ता श्यामु अर्याल पनि रायमाझी पक्राउ परेकोबारे जानकारी नभएको बताउँछन् । 

यदि त्यसो हो भने रायमाझी गए कहाँ ? 

उनी आफ्नो र छोराको कुनै दोष नभएको बताएका छन् । जबकि सभामुखसँग सँगै रहेका उनले परामर्श गरेर प्रहरीको सम्पर्कमा आएर अनुसन्धानलाई सघाउन सक्थे । यदि प्रहरीको नियन्त्रणमा उनी परेका छैनन् भने भागे कहाँ ? 

उनका छोरा सन्दीप हिजो नै बुटबलबाट पक्राउ परेका छन् । उनलाई पनि काठमाडौं ल्याइँदै छ । उनलाई आज अदालतमा पेश गर्ने तयारी गरिएको छ ।

सन्दीपको नाममा डेढ करोडको चेक काटिएको पनि भेटिएको छ ।

यस्तै तत्कालीन गृहमन्त्री एवं नेकपा एमालेका उपाध्यष रामबहादुर थापा ‘बादल’ का छोरा प्रतीकलाई पनि प्रहरीले खोजी गरिरहेको छ । 

यसअघि बादलका तत्कालीन सुरक्षा सल्लाहकार इन्द्रजीत राईलाई प्रहरीले पक्राउ गरिसकेको छ । प्रहरीले यही प्रकरणमा उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डेलाई पक्राउ गरेर अदालतमा पेश गरिसकेको छ । 

नालीबेलीका लागि यो समाचार पनि पढौं–



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ