arrow

हालाण्डको कीर्तिमानमा म्यानसिटी शीर्ष स्थानमा, आर्सनल उपाधि होडबाट टाढिँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २१ बिहिबार
erling-haaland.jpg

काठमाडौं । इङ्गलिश प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी शीर्ष स्थानमा पुगेको छ । निरन्तर अगाडि रहेको आर्सनललाई पछि पार्दै अन्तिम चरणमा लिग आइपुग्दा उपाधि जित्ने लगभग पक्का भएको हो । 

बुधबार रातिको खेलमा वेस्ट ह्याम युनाइटेडलाई ३–० ले पराजित गर्दै सिटी अगाडि लागेको हो । एक खेल कम खेलेको सिटीले आर्सनलको भन्दा एक अंकले अग्रता लिएको छ । 

अर्लिङ हालाण्डले कीर्तिमान बनाएको खेलमा सिटीले वेस्ट ह्यामलाई सहजै हराएको हो । सिटीको जितमा हालाण्डसँगै नाथन एके र फिल फोडेनले एक एक गोल गरे ।

खेलको ४९ औं मिनेटमा एकेले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । ७० औं मिनेटमा हालाण्डले गोल गर्दै सिटीलाई २– ० को अग्रता दिलाए ।

यससँगै हालाण्डले प्रिमियर लिगमा यस सिजन ३५ गोल पूरा गरेका छन् । एकै सिजन प्रिमियर लिगमा सर्वाधिक गोल गर्ने खेलाडीको नाम हलाण्डको नाममा बनेको छ । 

हालाण्डले एन्डी कोल र एलेन शेररको नाममा रहेको ३४ गोलको कीर्तिमान तोडेका हुन् ।

त्यसपछि खेलको ८५ औं मिनेटमा फोडेनले गोल गर्दै सिटीलाई ३–० को जित दिलाए ।

जितसँगै सिटी शीर्ष स्थानमा उक्लिएको छ । सिटीले ३३ खेलमा ७९ अंक जोडेको छ ।

आर्सनलको ३४ खेलमा ७८ अंक छ । 

बुधबार रातिकै अर्को खेलमा लिभरपुलले फृुल्हमलाई १–० ले हराएको छ । पूर्व विजेता लिभरपुल ३४ खेलबाट ५९ अंकसहित पाँचौं स्थानमा पुगेको छ । 

६५ अंकसहित न्यूकासल युनाइटेड तेस्रो तथा ६३ अंकसहित म्यानचेस्टर युनाइटेड चौथो स्थानमा रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ